×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

खानेपानी आयोजनाले सदरमुकामवासी हर्षित

१६ फाल्गुन २०७४

रोल्पा, १६ फागुन ः उचित व्यवस्थापन हुन नसक्दा खानेपानीको समस्या खेप्दै आएका सदरमुकामवासी बृहत् खानेपानी आयोजना शुरु भएपछि हर्षित भएका छन् । रोल्पा सदरमुकाम लिवाङमा साना शहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजना शुरु भएसँगै सदरमुकामवासी खुशी भएका हुन् ।

सदरमुकाम लिवाङभित्र पर्ने रोल्पा नगरपालिका–१, २, ४, ६ र ७ मा सञ्चालन गर्ने गरी प्रस्ताव गरिएको सो आयोजनाको लागत बजेट करिब रु ३८ करोड रहेको बताएका छन् । हरेक घरमा सुरक्षित खानेपानीको धारा, सार्वजनिक शौचालय तथा अन्य सरसफाइ सुविधा उपलब्ध हुने सो परियोजनाबाट नगर क्षेत्रका दुई हजारभन्दा बढी घरधुरी लाभान्वित हुने बताएका छन् ।

Advertisement
Advertisement

आयोजनाका लागि हाल प्रारम्भिक सर्वे डिजाइन गरिएको र निकट भविष्यमा उपभोक्ताबाट उठाउनुपर्ने पाँच प्रतिशत शुल्क संकलन सँगै आयोजना अगाडि बढाइने सो आयोजना व्यवस्थापन गरिरहेका लिवाङ बजार खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष लीलाधर आचार्यले जानकारी दिए । लिवाङ बजार क्षेत्रका लागि आगामी ५० वर्षसम्म पुग्ने गरी खानेपानी व्यवस्थापन गर्न लागिएको आचार्यले बताए ।

सदरमुकामका लागि खानेपानी स्रोतको अभाव नरहे पनि व्यवस्थापनमा निकै कठिनाइ हँुदै आएकोमा परियोजना निर्माणपश्चात् सोे समस्या हल हुने उपभोक्ता दीनमणि भण्डारीले आशा व्यक्त गरे ।

खानेपानीका संरचना पुराना हुनाका साथै वितरण लाइनसमेत व्यवस्थित नभएका कारण खानेपानी उपभोगमा समस्या हँुदै आएको भण्डारीले बताए । आयोजना लागू भएसँगै जिल्ला सदरमुकामको खानेपानी र सरसफाइमा आमूल परिवर्तन आउने जिल्ला खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालय रोल्पाका सरसफाइ फोकल पर्सन डिल्लीराज न्यौपानेले बताए ।

Advertisement
Advertisement

शुद्धीकरण गरिएको सुरक्षित खानेपानीको उपलब्धता हुनाका साथै वातावरणीय सरसफाइका लागिसमेत आयोजना सहयोगी हुने न्यौपानेले बताए ।रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top