दिनभरका प्रमुख खबरहरु

२० कात्तिक ७६, बिहीबार

आजका प्रमुख खबरहरुः

१.(बयान लम्बियो)
राजपुर बमकाण्ड र हत्याको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता मोहमद अफताब आलमको बयान दोस्रो दिन बुधबार पनि सकिएन/ बयान सकिएपछि मात्रै थुनछेक बहस हुने ।

२.(काम पनि होस्)
भारतीय नक्सामा नेपाली भूभाग समेटिएको हो भने सरकारलाई स्विकार्य नहुने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईको भनाई / कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि भएको ऐतिहासिक तथ्यले पुष्टि गरिसकेकाले सरकारले कुनै पनि हालतमा तलमाथि हुन नदिने दृढता ।

३.(विप्लवको देशभक्ति !)
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाद्वारा भारतीय नक्सामा नेपाली भूमि परेको भन्दै एक हप्ते संघर्षका कार्यक्रम सार्वजनिक / मसाल जुलुसदेखि भारतीय नक्सा र भारतीय प्रधानमन्त्रीको पुत्ला जलाउनेसम्मका कार्यक्रम ।

४.(गो ब्याक इन्डिया !)
नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको विरोधगर्दै नेमकिपा, अनेरास्ववियू र नेविसंघको विरोधप्रदर्शन / राष्ट्रसंघमानेपालीपक्षलेविषय उठाउन नसक्दाअहिले भारतले नेपालको सीमामिच्न बल पुगेको आरोप ।

५.(मेडिकलविरुद्ध विद्यार्थी)
सरकारले तोकेकोभन्दा बढी शुल्क लिएका निजी मेडिकल कलेजहरुविरुद्ध विद्यार्थीहरुको काठमाडौंमा प्रदर्शन / सुरक्षाको मागसहित कलेजहरुले शुल्कफिर्ता र समायोजन गर्ने प्रतिबद्धता पूरा नगरेकाले आन्दोलन गर्नु परेको भनाई ।

६.(ब्यापार घाटा घट्दो)
सरकारले इनर्जी ड्रिंक्स, जंक फुड आयातबन्द गरेसँगै पूर्बी नेपालको रानी भन्सार नाकाबाट पहिलो तीन महिनामा ३७ प्रतिशतले आयात घट्यो / सवारी साधन र स्पेयर्स पार्टसहरूको आयातमापनिकमी ।

७.(प्रहरीको सफलता)
वीरगञ्जका १४ वर्षीय बालकलाई अपहरण गर्ने २० वर्षीय राजकुमार दास प्रहरी नियन्त्रणमा / अपहरित बालकका बुवासँग १२ लाख फिरौती रकमलिएर भाग्न खोज्दा गोली प्रहार गरी प्रहरीद्वारा पक्राउ ।

८.(मन्त्रीका कुरा)
मुलुकमा अझै केही वर्ष व्यापार घाटा कायमै रहने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवको भनाई / राष्ट्र निर्माणका लागि आवश्यक पूँजी र प्रविधि मुलुक भित्रै रहेको दावी ।

९.(आयोगको प्रष्टोक्ति)
प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने र नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको निर्णय आचारसंहिता विपरित नरहेको निर्वाचन आयोगको प्रस्टोक्ति / पदमुक्ति र नयाँ नियुक्ती तथा मन्त्रीमण्डल पुनर्गठन गर्न नपाईने भनेर आचारसंहितामा उल्लेख नगरिएको दाबी ।

१०.(जेलको सत्ता)
नेपालका जेल भित्रनिरंकुशतन्त्र जस्तै अर्को सत्ता रहेको गृहमन्त्री रामबहादुर थापाको खुलासा / जेल तथा बन्दीगृह र हिरासत कक्षको सुधारको लागि विभिन्न २८ बुँदे निर्देशन दिने तयारी ।

११.(उपनिर्वाचन नजिकियो)
आगामी मंसीर १४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनको उम्मेदवारी मनोनयन बिहीबार हुने / उपनिर्वाचनका लागि २ सय ४७ वटा मतदान स्थल र ५ सय ३७ वटा मतदान केन्द्र तय ।

१२.(केही हुन्छ कि?)
एक वर्ष भित्र २ अर्व भन्दाबढि रुपैयाँ बचत गर्ने नेपालवायु सेवा निगमको दावी / ४ महिनामा ६० करोड बचत गरेको निगमले साउदी अरव, चीनको ग्वाङझाउ र जापानको नारितामा उडान भर्ने ।

१३.(होस् नपुर्याउँदा)
सन्धिखर्क नगरपालिकाको नरपानीमा भएको कार दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु / दुई जना घाइते / ओरालो बाटोमा तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान ।

१४.(नेपाललाई उदाउने अवसर)
विश्वकै सबैभन्दा पूरानो क्रिकेट क्लब मेरिलिबोन र नेपाली राष्ट्रिय क्रिकेट टोलीबीच बुधबारदेखि तीन दिवशीय खेल सुरु / पहिला ब्याटिङ गरेको एमसिसीले पहिलो दिनको समाप्तीमा ६ विकेटगुमाएर तीन सय ११ रन जोड्यो ।

र,
१५.(जस्तालाई तस्तै)
अमेरिका सहमतिबाट बाहिरिएपछि नयाँ युरेनियम सम्वद्र्धन र भण्डारण कार्यक्रम इरानद्वारा पुनः सुरु / आफनो कबदमको युरोपियन शक्तिहरुले सम्मान गर्ने इरानको विश्वास ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top