पोखराको मुख्य निर्वाचन कार्यालय नजिकै बम बिस्फोट

२१ कात्तिक ७६, बिहीबार

२१ कात्तिक, पोखरा ।
कास्कीको मुख्य निर्वाचन अधिकृतको कार्यालयनजिकै बम विष्फोट भएको छ । पोखराको राष्ट्र बैंक चोक नजिकै रहेको निर्माणाधिन टुरिष्ट बसपार्कमा बम बिस्फोट भएको सुरक्षा निकायले जानकारी दिएको छ ।

Advertisement

कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले विष्फोट भएको आवाज आए पनि के पड्किएको हो भन्ने खुलिनसकेको बताए । उनले यसबारे थप बुझ्ने काम भईरहेको पनि बताए ।

कास्की–२ मा १४ मंसिरमा प्रतिनिधिसभा सदस्य चयन गर्नका लागि उप–चुनाव हुँदैछ । बिहीबार दलहरूले उम्मेदवारीको मनोनय दर्ता गर्ने कार्यतालिका छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top