एटीएम ह्याकिङमा संलग्न ६ चिनियाँ र ३ नेपाली नागरिक थुनामा

एटीएम ह्याकिङमा संलग्न ६ चिनियाँ र ३ नेपाली नागरिक थुनामा

२१ कात्तिक, काठमाडौं ।
एटीएम ह्याकिङ प्रकरणमा संलग्न ६ जना चिनियाँ नागरिकलाई उच्च अदालतल काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । भदौ दोस्रो साता नेपालका ७ वटा बैंकमा एटीएम ह्याक गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई उच्च अदालतका न्यायाधीश रामप्रसाद ओली र किरण पौडेलको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

आदेशपछि काठमाडौं प्रहरीले पक्राउ गरेका चेन विक विन, क्यु याङयिङ, लु जियालिङ, लिन जिनमि र लिओ जाइलेई नख्खु कारागार चलान गरिएको छ ।प्रकरणमा मुछिएका नेपाली नागरिक रोशनप्रसाद प्रधान र रेवती दुवाडीलाई २६ लाख रुपैयाँ र देवनाथ लामिछानेलाई ३० लाख रुपैयाँ धरौटी माग गरिएको छ । काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार उनीहरुलाई पनि धरौटी बुझाउन नसकेपछि थुनामा पठाइएको छ ।

उनीहरुले प्रलोभनमा चिनियाँ नागरिकले ल्याइएको पैसा साटेको आरोप थियो । प्रहरीका अनुसार यो बैंक ह्याक भएपछि रकम चोर्दाचोर्दै अभियुक्त समातिएका घटना विरलै भेटिन्छन् । त्यसमध्येको यो प्रकरण पनि भएको प्रहरी बताउँछ ।

घटनामा अन्तर्राष्ट्रिय निकाय मास्टर कार्ड, भिसा कार्ड, युनियन पे इन्टरनेश्नल लगायतले पनि चासो देखाएको थियो । अनुसन्धानका लागि अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले पनि सहयोग गरेको थियो । यो समूहले १४ भदौमा करिब दुई करोड रुपैयाँ लुटेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.