NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने सोमवार कार्तिक १७ , २०८२
ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’ सोमवार कार्तिक १७ , २०८२
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा सोमवार कार्तिक १७ , २०८२
दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने सोमवार कार्तिक १७ , २०८२
खगेन्द्र सुनारले दल खोल्दै, बालेन–कुलमान के गर्दैछन् ? सोमवार कार्तिक १७ , २०८२
Next
Prev

समाचार

जहाज ‘डिले’, यात्रु हैरान, मासिक एक हजार उडान रद्द

शुक्रबार कार्तिक २२ , २०७६
Reading Time: 1 min read
A A
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२२ कात्तिक, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३० वटा वायुसेवाले १८ मुलुकमा नियमित उडान गर्छन् । यस्तै आन्तरिकतर्फ चालु ३५ वटा विमानस्थलमध्ये १० वटामा नियमित उडान हुन्छ । १० वटा वायुसेवा कम्पनीले आन्तरिक उडान अनुमति पाएका छन् ।

दैनिक अन्तर्राष्ट्रिय उडान ९० वटासम्म हुन्छ भने आन्तरिक उडान औसतमा तीन सय वटासम्म पुग्छ । यति व्यस्त विमानस्थलमा थोरै समस्या उत्पन्न हुनेबित्तिकै उडान डिले हुन्छ । त्यसको प्रत्यक्ष मार यात्रुले सहँदै आएका छन् ।

भदौ २७ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई नेपालगञ्जबाट काठमाडौं आउने क्रममा जहाज ढिला उड्यो । असोज २७ गते राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले उडान ढिलो भएको आक्रोशमा जनकपुर विमानस्थलस्थित बुद्ध एयरको चेक इन काउन्टर तोडफोड गरे। उनी काठमाडौं आउन लागेका थिए ।

LS Auto

कैलालीका शरद ओझा असोज १६ गते नेपालगन्जबाट यती एयरलाइन्सको जहाजमार्फत काठमाडौं आउँदा ६ घण्टा ढिलो भयो । दुई बजेको टिकट लिएका ओझाले बेलुकी ८ बजे जहाजमा उड्न पाए । चैत १९ गते वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान चार मिनेट ढिलो हुँदा उडान रद्द भयो। कर्मचारीले समयमै तयारी नगरेको र यात्रुलाई रातभर जहाजमै राखेको विषयमा सरकारी समितिले छानबिन गरी घटनामा संग्लन कर्मचारीलाई कारबाही सिफारिस गर्‍यो ।

कहिले धावनमार्ग मर्मत, कहिले प्राविधिक कारण त कहिले उडान व्यवस्थापन मिलाउने बहानामा दैनिक उडान ढिलो हुने गरेका छन् । पछिल्लो समय आन्तरिक वायुसेवाका उडान तोकिएभन्दा ढिलो हुने गरेको गुनासो यात्रुको छ । बिहान आधा घण्टा मात्रै ढिलो भयो भने त्यसको असर दिनैभर पर्छ ।

भीभीआईपीको उडान, मौसम गडबड, विमानस्थलमा एउटैमात्र धावनमार्ग हुँदा उडान व्यवस्थापन मिलाउन एयर ट्राफिक कार्यालयलाई कठिन हुन्छ । उडान बढी हुँदा होल्ड गरिरहनुपर्ने र पार्किङस्थल कम हुँदा पर्खनुपर्ने कारण पनि उडान ढिलो हुने त्रिभुवन विमानस्थल कार्यालयको भनाइ छ ।

‘दसैंपछिका शनिबार र आइतबार चिनियाँ राष्ट्रपतिको उडान व्यवस्थापन मिलाउन विमानस्थल कार्यालयलाई हम्मेहम्मे परेको थियो । जसका कारण तीन दिन २४ सै घण्टा विमानस्थल खुला गर्नुपर्‍यो’, विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले भने । उनका अनुसार उडान व्यवस्थापन मिलाउन बाध्य भएर १८ घण्टाको उडानलाई २४ घण्टासम्म पुर्‍याइएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सन् २०१२ मा नेपालमा सात आन्तरिक वायुसेवा कम्पनीका ३१ हजार उडान भएकामा १७ हजार उडान रद्द भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यसबाट नकारात्मक सन्देश गएपछि अर्को वर्षदेखि प्रतिवेदनमा उडान रद्द उल्लेख नगरिएको प्राधिकरणका एक उच्च अधिकारीले बताए ।

प्राधिकरणका उडान अनुमति शाखाका अनुसार वायुसेवाले उडान अनुमति केन्द्रीय कार्यालयबाट वर्षको दुई पटक ६–६ महिनाका लागि लिने गरेका छन् । तर, उडान रद्दको जानकारी भने विमानस्थललाई मात्रै गराउँछन् । प्राधिकरणसमक्ष सो तथ्यांक आउँदैन ।

प्राधिकरणका अनुसार विगत दुई महिनामा मासिक औसत एक हजार उडान रद्द भएका छन् । यस्तो उडान ‘अफ सिजन’ को उडान तथ्यांक हो । वायुसेवा उडानको सिजन तथा मौसमले साथ नदिने समयमा संख्या बढ्ने अनुमान प्राधिकरणका अधिकारीले गरे ।

सन् २०१८ मा त्रिभुवन विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय गरी एक लाख ३० हजार उडान भएका छन् । गत वर्ष ९५ हजार पाँच सय आन्तरिक र ३३ हजार नौ सय वटा अन्तर्राष्ट्रिय उडान तथा अवतरण भएको थियो । सन् २०१९ मा यो संख्या १० प्रतिशत बढ्ने अनुमान छ ।

विमानस्थल कार्यालयका अनुसार हाल दैनिक ८० देखि ९० वटा अन्तर्राष्ट्रिय उडान हुने गरेका छन् । आन्तरिक र अन्तर्राष्ट्रिय उडान र अवतरणका लागि एउटै धावनमार्गका कारण प्रायः सबै उडानमा पालो कुर्नुपर्ने हुन्छ । एउटा जहाज उड्न ढिलो भयो भने त्यसको असर अर्को वायुसेवाको उडानमा पर्ने विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले बताए ।

विमानस्थलमा अन्तर्राष्ट्रिय उडानमा नौ वटा र आन्तरिक उडानमा १७ वटा मात्रै पार्किङ छ । अन्तर्राष्ट्रियमा एक सय र आन्तरिकमा तीन सय वटा उडान व्यवस्थापन मिलाउनु पर्छ ।

अहिले अन्तर्राष्ट्रिय र आन्तरिक दुवै वायुसेवाका लागि सिजन हो । बिहानको समयमा मान्उटेन फ्लाइट र लुक्ला उडान उडान जुध्छ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले उडान व्यवस्थापन मिलाउन एक घण्टा लगाउनु सामान्य भइसकेको छ ।

उडान तालिका धेरै हुने तर व्यवस्थापन मिलाउने क्षमता नभएकाले जहाज उड्न ढिलो हुने गरेको छ । दिउँसो मात्रै उडान हुने विमानस्थललाई प्राथमिकता दिनुपर्ने हुँदा पनि उडान समय ढिलो हुने तिवारी बताउँछन् ।

वायुसेवा सञ्चालक संघका सदस्य एवम् सिम्रिक एयरका बजार निर्देशक प्रज्ज्वल थापाका अनुसार अक्टोबर र नोभेम्बरमा उडान तालिका अन्य मौसमको तुलनामा ५० प्रतिशतसम्म बढ्छ । यही बेला अन्तर्राष्ट्रिय उडान पनि बढ्ने भएकाले आधा घण्टादेखि एक घण्टासम्म जहाज ग्राउन्डमै होल्ड गनुपर्ने उनको भनाइ छ । अन्नपूर्ण पोष्टबाट

लोकप्रीय

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

सोमवार कार्तिक १७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’

सोमवार कार्तिक १७ , २०८२
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

सोमवार कार्तिक १७ , २०८२

विचार

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

सोमवार कार्तिक १७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’

सोमवार कार्तिक १७ , २०८२
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

सोमवार कार्तिक १७ , २०८२

थप समाचार

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने
ताजा समाचार

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

सोमवार कार्तिक १७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’

सोमवार कार्तिक १७ , २०८२
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा
खेलकुद

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

सोमवार कार्तिक १७ , २०८२
दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने
ताजा समाचार

दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

सोमवार कार्तिक १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

World News: रुसको पनडुब्बी ड्रोन, बधशाला बन्यो अस्पताल, युकेको घातक अपरेसन स्टर्लिङ || Nepal Times

00:18:20

World News: गिरोहलाई पैसा नदिदा ह*त्या, किमको मिसाइल, गाजामा फेरि भीषण ह*म*ला || Nepal Times

00:15:40

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

कुलमानले खोले बञ्चरेडाँडाको फोहोर फाल्ने अवरोध, १५ दिनको समय

आइतवार कार्तिक १६ , २०८२

हालका पोस्टहरू

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

सोमवार कार्तिक १७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’

सोमवार कार्तिक १७ , २०८२
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

सोमवार कार्तिक १७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.