‘कबड्डी कबड्डी कबड्डी’ले मनायो प्रदर्शनको ५१औँ दिन, १४ करोड कमाई

‘कबड्डी कबड्डी कबड्डी’ले मनायो प्रदर्शनको ५१औँ दिन, १४ करोड कमाई

२४ कात्तिक, काठमाडौँ ।
असोज ३ बाट प्रदर्शनमा आएको सफल चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले प्रदर्शनको सफल ५१औँ दिन पुरा गरेको छ । यो वर्षको सर्वाधिक ग्रस कलेक्सन गर्न सो चलचित्रले राजधानीको बिग मुभिज, एफक्युब, गोपीकृष्ण, गुण र अष्टनारायण गरी पाँच हल मा ५१औँ दिन पुरा गरेको हो ।

रामबाबु गुरुङ निर्देशित सो ५१ दिनसम्म चलचित्रले १४ करोड ग्रसको आँकडा छोएको वितरक कम्पनी स्टेसन ५ ले बताएको छ । वर्ष ५१ दिन मनाउने दोस्रो चलचित्र हो ।

‘कबड्डी कबड्डी कबड्डी’मा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिष्मा गुरुङ, कर्मा, विल्सनविक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, डाक्टर सिंह गुरुङ, शिला खनाल, मणि के राईलगायतका कलाकारको अभिनय रहेको छ ।

यसमा मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द रौनियारको लगानी रहेको छ भने निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले कथा तयार पारेका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.