उपचुनावमा सिके राउत नेतृत्वको जनमत पार्टीले पनि उम्मेदवारी दिने

२४ कात्तिक ७६, आइतबार
Share this
744shares

२४ कार्तिक, काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले मंसिर १४ गते हुने स्थानीय तहको उपचुनावमा उम्मेदवारी दिने भएको छ ।

Advertisement

पार्टीका केन्द्रीय सदस्य अब्दुल खानले पार्टीबाट उम्मेदवारी दिने निर्णय भएको जानकारी दिए । जनमत पार्टीले संघ र प्रदेशसभा क्षेत्रका लागि भने उम्मेदवारी नदिएको उनले बताए ।

स्थानीय तहमा रिक्त पदका लागि कात्तिक २७ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ । जनमत पार्टीले चुवाव जितिहाल्ने अपेक्षा नलिएको खान बताउँछन्। उनले पार्टीबाट देशैभर रिक्त स्थानीय तह गाउँपालिका र वडाहरूमा उम्मेदवारी दिन लागेको उनले बताए।

Advertisement

मधेशलाई केन्द्र बनाएर छुट्टै प्रदेश माग राखेका सिके राउत प्रधानमन्त्री केपी शर्मा ओलीसँग विभिन्न सहमति गर्दै मूलधारको राजनीतिमा आएका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top