नेपालमा पक्राउ परेका तीन न्यायाधीशलाई निलम्बन गर्न भारतको सर्वोच्च अदालतको आदेश

२४ कात्तिक ७६, आइतबार
Share this
736shares

२४ कार्तिक, एजेन्सी । भारतको सर्वोच्च अदालतले बिहार सरकारलाई नेपालको गेस्ट हाउसमा महिलासँग आपत्तिजनक अवस्थामा पक्राउ परेका जिल्ला अदालतका तीन न्यायाधीशलाई निलम्बन गर्ने अनुमति दिएको छ ।

Advertisement

सर्वोच्च अदालतले शुक्रबार कोमल राम, जीतेन्द्रनाथ सिंह र हरिनिवास गुप्ता नाम गरेका न्यायाधीशलाई निलम्बन गर्ने अनुमति दिएको हो । उनीहरू सन् २०१३ मा नेपालको एक गेस्ट हाउसमा महिलासँग आपत्तिजनक अवस्थामा पक्राउ परेका थिए । छापाका क्रममा पक्राउ परेका तीनै जना न्यायाधीश भएको थाहा पाएपछि नेपाल प्रहरीले उनीहरूलाई छाडिदिएको थियो ।

नेपाल प्रहरीले छाडेपनि उनीहरू भारतमा छानबिनमा परेका थिए । उनीहरू पक्राउ परेको खबर नेपालको एक स्थानीय दैनिकले छापेपछि पटना उच्च अदालतले उनीहरूविरूद्ध छानबिन गरेको थियो । उनीहरू त्यतिबेला आफूहरू नेपालमा नभइ भारतमा पक्राउ परेको दाबी गरेका थिए ।

Advertisement

भारतमा भएको छानबिनमा उनीहरू तीनै जनाको मोबाइलमा आफ्नो कार्यक्षेत्रमा नभई नेपाल भारतको सीमा विराटनगर नजिकको भारतीय शहर फारबेसगन्जको टावर देखिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top