सत्याग्रहमा रहेका डा. केसीको समर्थनमा डडेल्धुरामा सरकारी सवारी सञ्चालनमा रोक

२३ कात्तिक ७६, आइतबार

२४ कार्तिक, डडेल्धुरा । डडेल्धुरामा आइतबार सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । चिकित्सा शिक्षा सुधारको माग गर्दै सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको समर्थनमा सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

Advertisement

बिहानैदेखि सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष लोकराज भट्टले जानकारी दिए । बिहान ८ देखि साँझ ४ बजेसम्म सरकारी नम्बरका गाडी र मोटरसाइकल सञ्चालनमा रोक लगाइएको उनको भनाइ छ।

यस्तै उक्त संघको नेतृत्वमा आज दिउँसोदेखि अपरान्हसम्म सदरमुकाम बागबजार क्षेत्रका पसल बन्द गर्ने निर्णय पनि गरिएको छ। डडेल्धुरा अस्पतालमा सत्याग्रहमा रहेका डा केसीको समर्थनमा जिल्लामा दैनिक विभिन्न कार्यक्रम हुँदै आएका छन्। (रासस)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top