अघोरी बाबा र उनकी श्रीमती ठगी आरोपमा प्रहरी नियन्त्रणमा

अघोरी बाबा र उनकी श्रीमती ठगी आरोपमा प्रहरी नियन्त्रणमा

२५ कात्तिक, काठमाडौं ।
सामाजिक सञ्जालमा अघोरी बाबा भनेर चर्चित विजय केसी र उनकी श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । उजुरीको आधारमा उनीहरूलाई सोमबार नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

प्रहरी प्रवक्ता होविन्द्र बोगटीले भने ‘ठगी गरेको आरोपमा बाबाकी श्रीमतीविरूद्ध उजुरी परेको थियो । उजुरीकै आधारमा उहाँलाई यहाँ ल्याइएको हो । ’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.