विराटनगरका विद्यार्थीले भारतविरुद्ध सडक तताए

विराटनगरका विद्यार्थीले भारतविरुद्ध सडक तताए

२६ कात्तिक, विराटनगर ।
भारतले आफ्नो नयाँ नक्सामा नेपालका कालापानी, लिम्पियाधुरा र लिपुलेक राखेपछि उग्रभएको प्रर्दशन देशब्यापी बन्दै गएको छ । नेपाली भूमि फिर्ता गराउन माग गर्दै विराटनगरमा पनि नेपाल विद्यार्थी संघसम्बद्ध विद्यार्थीहरुले जुलुससहित प्रदर्शन गरेका छन् ।

व्यवस्थापन क्याम्पस ईकाइको आयोजनामा निस्किएको र्यालीले नगरका विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाइएको छ ।

संघका ईकाइ सभापति अनिल खाँ र सचिव शेखर बुढाथोकीले हस्ताक्षर गरेको ज्ञापन पत्रमा लिम्पियाधुरा, कालापानी, लिपुलेक जस्ता ऐतिहासिक भूभागलाई फिर्ता गर्न पहलका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

नेविसंघ सम्बद्ध विद्यार्थीहरुले रेल र पानी जहाज नचाहिएको बरु मिचिएको जग्गा फिर्ता गराउन भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताउका छन् । उनीहरुले नेपाली भूमि फिर्ता गराउन प्रधानमन्त्रीले दह्रो खुट्टा टेक्नुपर्ने बताएका छन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.