चाँदीसहित भुटानी नागरिक पक्राउ

२५ कात्तिक ७६, मंगलबार

२६ कात्तिक, काठमाडौँ ।
नेपाल प्रहरीले दुई किलोग्राम चाँदीसहित भुटानी नागरिकलाई पक्राउ गरेको छ ।

Advertisement

महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयको प्रहरी टोलीले ड्रुक एयरको उडानमार्फत भुटान जान लागेको अवस्थामा राहदानी नम्बर जी १२८९३२ बाहक भुटानी नागरिक ५१ वर्षीय गारव दोर्जेलाई सोमबार राति पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ‘होल्ड ब्यागेज’ जाँच गर्ने क्रममा उनको साथमा रहेको ब्यागबाट ९९९ लेखिएको बिस्कुट आकारमा १४ वटा टुक्रा चाँदी फेला पारिएको जानकारी दिए ।

Advertisement

प्रवक्ता ज्ञवालीले अवैध रुपमा भन्सार छलेर चाँदी विदेश लैजान लागेको अवस्थामा पक्राउ गरिएको बताए ।

पक्राउ परेका भुटानी नागरिकलाई बरामद गरिएको चाँदीसहित आवश्यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।(रासस)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top