नक्कली भान्जा बनाएर मृगौला प्रत्यारोपण गरेको अभियोगमा निदान अस्पतालका सिईओसहित पाँच जना कारागार चलान

नक्कली भान्जा बनाएर मृगौला प्रत्यारोपण गरेको अभियोगमा निदान अस्पतालका सिईओसहित पाँच जना कारागार चलान

२७ कार्तिक, काठमाडौं । नक्कली भान्जा बनाएर मृगौला प्रत्यारोपण गरेको अभियोगमा निदान अस्पतालका कार्यकारी निर्देशक (सिईओ)सहित पाँच जनालाई कारागार चलान गरिएको छ ।

काठमाडौँ जिल्ला अदालतले पाँचै जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश सुनाएपछि उनीहरुलाई कारागार चलान गरिएको हो ।

अस्पतालका सिइओ विपेन्द्र प्रधान, कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, डा राजेश पन्त, मिर्गौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत रामचन्द्र आलेलाई अदालतको आदेशपछि कारागार चलान गरिएको हो ।

प्रहरीको मानव बेचबिखन अपराध अनुसन्धान व्यूरोले उनीहरुलाई गत असोज २९ गते पक्राउ गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.