तीन लाख ६० हजार नगदसहित १० जुवाडे पक्राउ

तीन लाख ६० हजार नगदसहित १० जुवाडे पक्राउ

२७ कार्तिक, काठमाडौं । नेपाल प्रहरीले नागार्जुनबाट तीन लाख ६० हजार नगदसहित १० जुवाडे पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले नागार्जुन नगरपालिका–३ इचङ्गुनारायणमा कौडा खेलिरहेको अवस्थामा मङ्गलबार राति उनीहरुलाई पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले ठूलो रकम हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकासँग प्रहरीले तीन लाख ६० हजार नगद र १६ थान कौडा बरामद गरेको वृत्तले जनाएको छ । (रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.