×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

च्यालेन्जर ट्रफीः भारतको रेड टिमले दियो नेपाललाई २ सय ४८ रनको लक्ष्य

२७ कार्तिक २०७६

२७ कार्तिक, एजेन्सी । भारतमा जारी च्यालेन्जर ट्रफी अन्तरगतको बुधबारको खेलमा भारतको रेड टिमले नेपाललाई २ सय ४८ रनको लक्ष्य दिएको छ ।

४८ दशमलव २ ओभरमा भारतीय रेड टिमले सबै विकेट गुमाउँदै २४७ रन बनाएको थियो । टस जितेर फिल्डिङ रोजेको नेपालले सातौँ ओभरको पाँचौँ बलमा पहिलो सफलता हात पारेको थियो । भारतको स्कोर ३९ हुँदा नेपालका लागि आकाश चन्दले यशस्वी भुपेन्द्रलाई व्यक्तिगत ३३ रनमा आउट गरेका हुन् ।

Advertisement
Advertisement

त्यसपछि भारतको स्कोर ५४ हुँदा हरि बहादुर चौहानले नेपालका लागि दोस्रो विकेट लिएका थिए । चौहानले जय राजुभाईलाई व्यक्तिगत ७ रनमा आउट गरेका हुन् । २० औंँ ओभरमा नेपालले तेस्रो सफलता हात पार्‍यो । नेपालका लागि शेर मल्लले भारतको रेड टिमका अर्जुन प्रसाद मूर्तिलाई व्यक्तिगत ११ रनमा आउट गरे । यो सँगै भारत २० ओभरमा ३ विकेटको गुमाउदै ९१ रन बनाएको थियो ।

भारतको चौथो विकेट २१ ओभरको दोस्रो बलमा ९३ रनको स्थितिमा गुमाएको थियो । नेपाललाई लोकेस बमले साई भारद्वाज सुर्दशनलाई रन आउट गरेका थिए । सुर्दशन ६३ बलमा व्यक्तिगत ३४ रन बनाउँदै रन आउट भएका थिए । त्यस्तै शेर मल्लले भारतका समिर हसन रिज्बी ध्रुब जुरेललाई क्रमश पाँचौँ र छैटौँ विकेटका रुपमा आउट गरे ।

सातौँ विकेटका रुपमा भारतले नितेश कुमार रेड्डीलाई ४४.२ ओभरमा गुमायो । नेपालका बलर आकाश चन्दले उनलाई आउट गरेका थिए । त्यस्तै ४६ औंँ ओभरको पाँचौँ बलमा नेपालका कप्तान रित गौतमले देवोप्रतिम हलदारलाई रनआउट गरेपछि भारतको आठौँ विकेट गुम्यो ।

नवौँ विकेटको रुपमा भारतको स्कोर २४६ रन हुँदा कृतज्ञ कुमार सिंंहलाई व्यक्तिगत २६ रनमा तथा अन्तिम विकेटका रुपमा रिसब बन्सल रन आउट भए । नेपालका लागि शेर मल्लले ३, आका हरिबहादुर चौहानले २ तथा आकाश चन्दले २ तथा हरि बहादुर चौहान र प्रतिस जिसीले १–१ विकेट लिए ।

Advertisement

जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा पराजय भोगेको थियो । भारतको एल्लो टिमसँग १० विकेटको लज्जास्पद हार ब्यहोरेको थियो । प्रतियोगितामा भारतका रेड, ब्लू र एल्लो गरी तीन टिम खेल्नेछन् । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top