एभीसी सेन्ट्रल जोन महिला भलिबलः माल्दिभ्स नेपालसंग ३–० ले पराजित, नेपाल १२ अकंका साथ शीर्ष स्थानमा

२७ कार्तिक, काठमाडौं । एभीसी सेन्ट्रल जोन भलिबलको समूह चरणको अन्तिम खेलमा नेपालले बुधबार माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।

पहिलो सेट २५–१४ ले पराजित गरेको नेपालले दोस्रो सेट २५–०५ र तेस्रो सेट २५–१३ ले जितेको हो । जितपछि नेपाल उपाधियात्रा पक्का भएको छ । खेलको वुमन अफ दि म्याच नेपालकी सरस्वती चौधरी घोषित भइन् ।

दुवै टिमले बुधबारको खेललाई फाइनल अघिको अभ्यासका रुपमा लिएका थिए । नेपालले प्रतियोगितामा ४ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा पुग्यो भने समान खेलबाट माल्दिभ्सले ८ अंकमा रोकियो । प्रतियोगिताको फाइनल खेल शीर्षस्थानको दुई टिम नेपाल र माल्दिभ्सबीच हुनेछ ।

Advertisement

नेपालले अहिलेसम्म चार वटै खेलमा सिधै सेटमा जित हात पारेको छ । नेपाल र माल्दिभ्स २ वर्षपछि एक अर्कासँग प्रतिस्पर्धा गरेका हुन् । २ वर्ष अघि पनि नेपालले माल्दिभ्सलाई पराजित गरेको थियो । माल्दिभ्सलाई पराजित गरेको तत्कालीन खेलाडी अरुणा शाहीको कप्तानीमा नेपाली टिमले अहिले फेरि जित निकालेको हो ।

त्यतिबेला प्रतिभा माली र सरस्वती चौधरी पनि नेपाली टिममा थिए । नेपाली टिममा अहिले नयाँ र पुराना खेलाडी बराबर छन् भने माल्दिभ्सको टिममा अधिकांश पुरानै खेलाडी रहेका छन् । नेपाल र माल्दिभ्सबीच बिहीबार फाइनल खेल हुनेछ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top