आजका प्रमुख खबरहरुः
१.(रुप ज्योतिको फन्डा)
उद्योगीपति रूप ज्योति र उनको परिवारविरूद्ध दिएको जाहेरी फिर्ता लिने जाहेरवाला विज्ञेन्द्रकृष्ण मल्लको निवेदन सरकारी वकिल कार्यालयद्वारा प्रहरीलाई फिर्ता / अनुसन्धान गरेर फेरी प्रहरीले प्रतिवेदन बुझाउनु पर्ने ।
२.(आन्दोलनको स्वरुप)
ठगीको आरोपमा पक्राउ परेका उद्योगपति रुप ज्योतिलाई तत्काल रिहा गर्न माग गर्दैै उद्योगी, व्यवसायीहरुद्वारा काठमाडांैमा मौन जुलुस / सुध्रिने मौकासमेत नदिई धरपक्कड गर्ने काम नगर्न ध्यानाकर्षण ।
३.(केसीको चिन्ता)
चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना / माग पूरा नभए पुनः अनशन बस्ने चेतावनी ।
४.(न्याय मर्देन)
आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता भन्ने ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने ‘मुख्य आरोपी’लाई प्रहरीले ज्यान मार्ने उद्योगको कसूरमा अनुसन्धान थाल्यो / एक ब्यक्तिमाथि अनुसन्धान थालिए पनि अन्य व्यक्तिहरू भने फरार ।
५.(डुंगामा राष्ट्रपति)
चार दिने नेपाल भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदद्वारा भ्रमण टोलसहित पोखराका सम्पदाको अवलोकनसंगै फेवातालमा डुंगा सयर / भोली काठमाडौंको चन्द्रागिरी भ्रमण गरी स्वदेश फर्कने ।
६.(रामचन्द्रको राय)
नेपाल सरकारले सीमा विवादमा देखिएको समास्या समाधानका लागि प्रधानमन्त्री आफैले भारतसँग वार्ता गर्नुपर्ने काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाई / प्रमाण नजुटाई सीमा विवादलाई अन्तर्राष्ट्रियकरण नगर्न सुझाव ।
७.(उमेर हद ६०)
पदपूर्तिलगायतमा असर नहुने गरी निजामती कर्मचारीहरुको सेवा अवधि उमेर हद ६/६ महिना थप गरेर ६० वर्ष कायम / कार्य क्षमता र दूर्गम क्षेत्रमा काम गर्ने कर्मचारीलाई बढुवाका लागि बढि नम्बर दिइने ।
८.(परीक्षाको औचित्य)
कर्मचारीहरुको बढुवाका लागि लिखित परीक्षा दिने प्रावधान हटाउनुपर्ने नेकपाकी सांसद पम्फा भुसालको प्रस्ताव / कर्मचारीहरुलाई कामप्रति जवाफदेही बनाउन कार्य क्षमताकै मूल्यांकनलाई आधार बनाएर बढुवा गर्न सुझाव ।
९.(जनप्रतिनिधी आएनन्)
कोरम नपुगेपछि संघीय संसद, अर्थ समितिको बैठक बिहीबार पनि स्थगित / ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधीत विधेयकमाथि छलफल गर्ने कार्यसूचि रहेको बैठकमा सदस्यहरु अनुपस्थित ।
१०.(बोलेको पुगोस्)
एक वर्ष भित्र निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालनमा ल्याउने पर्यटनमन्त्री योगेशकुमार भट्टराईको घोषणा / पोखरा क्षेत्रीय विमानस्थल पनि दुई वर्ष भित्र संचालनमा आउने दावी ।
११.(स्वाथ्यमा सचेत)
स्वच्छ वातावरण निर्माणमा सघाउ पु¥याउने गरी पठनपाठनको कामलाई अघि बढाउन सबै विद्यालयहरुलाई काठमाडौंका मेयर विद्यासुन्दर शाक्यको आह्वान / १३ करोड बजेटले सुधार कार्यक्रममा थप सहयोग पुग्ने विश्वास ।
१२.(नियमन आवश्यक)
राजस्व अनुसन्धान विभागद्वारा दश अर्बको नक्कली भ्याट बिल खरिद(विक्रीमाथि अनुसन्धान तीव्र / प्रधानमन्त्री कार्यालय मातहत आएलगत्तै भन्सार चोरी पैठारी, राजस्व चुहावट, नक्कली भ्याट बिल लगायतमा अनुशन्धान तीव्र ।
१३.(चम्किए चेली)
नेपाली महिला भलिबल टिमलाई पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि / प्रथम एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा नेपालद्वारा माल्दिभ्स ३–०को सोझो सेटले पराजित ।
१४.(हारको शृंखला)
एसीसी इमर्जिङ एसिया कपमा नेपाल भारतसँग ७ विकेटले पराजित / बंगलादेशको ढाकामा भएको खेलमा नेपालले दिएको मध्यम १ सय ९४ रनको लक्ष्य भारतले ४२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।
र,
१५.(महाअभियोगको सुनुवाई)
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग सम्बन्धी अनुसन्धान गर्न पहिलो सार्वजनिक सुनुवाइ सुरु / ट्रम्पमाथि आउँदो वर्ष पुनः निर्वाचित हुने सम्भावना बढाउन युक्रेनसँग अनुचित रूपमा सहयोग मागेको आरोप ।