नेकपाको सचिवालय बैठक आज बस्दै

नेकपाको सचिवालय बैठक आज बस्दै

२९ कार्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टी एकताका बाँकी काम, मन्त्रिपरिषद् हेरफेर, विभिन्न आयोगको पदपूर्ति, उपनिर्वाचन लगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेता माधव नेपाल लगायतसँग लगातार तीनदिनसम्म परामर्श गरेपछि बैठक बोलाइएको हो । पछिल्लो समय प्रधानमन्त्री ओलीले जिम्मेवारी नपाएका नेताहरूको व्यवस्थापन गर्न चाहेको बताइएको छ ।

उनले सरकारका काममा उपप्रधान तथा रक्षामन्त्री पोखरेल र पार्टीका काममा अर्का अध्यक्ष दाहाललाई थप केही भूमिका दिने तयारी गरेको बताइएको छ । दाहाललाई कार्यकारी अध्यक्षका हैसियतमा पार्टीको नेतृत्व दिने प्रधानमन्त्री ओलीको तयारी रहेको बुझिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.