बारामा प्रहरी र स्थानीयबीच झडप, सशस्त्रका दुई जवान घाइते

२९ कात्तिक ७६, शनिबार

३० कात्तिक, बारा ।
बारामा सशस्त्र प्रहरी र स्थानीयबीच झडप भएको छ ।

Advertisement

बारा सिम्रौनगढ नगरपालिका–७, सतुआही नाकामा शुक्रबार राति छोकडा बरामद गर्ने क्रममा सशस्त्र प्रहरी र स्थानीयबीच झडप भएको हो ।

झडपका क्रममा सशस्त्र प्रहरीले दश राउन्ड हवाई फायर गरेको छ । अवैध रुपमा भारततर्फ लैजाँदै गरेको छोकडा बरामद गर्ने क्रममा झडप भएको हो । सशस्त्र प्रहरीले बरामद गरेको छोकडा पर्सा टोलका स्थानीयबासीले खोसेर लगेपछि झडपको स्थिति सिर्जना भएको थियो ।

Advertisement

सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेपछ हवाई फायर गर्नु परेको सशस्त्र प्रहरी बल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रकाश थापाले जानकारी गराए।

झडपका क्रममा दुई जना सशस्त्र प्रहरी जवान घाइते भएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top