‘दारी ग्याङ’ को अगुवाइमा महानगरका भित्री सडकको सरसफाई सुरु

२० फागुन ७४, आइतबार
Share this
700shares

विराटनगर, फागुन २०
सामाजिक सञ्जालमा सकृय युवाहरुको अगुवाईमा विराटनगर महानगरका भित्रि सडकहरुको सरसफाई सुरु गरिएको छ । सामाजिक सञ्जाल फेसबुकमा सकृय भएर विभिन्न सामाजिक कार्यहरु गर्दै आएका युवाहरुको समुह दारी ग्याङको अनुवाईमा महानगरका भित्रि सडकहरुको सरसफाई सुरु गरिएको हो ।

Advertisement

सरसफाइ अभियानमा महानगरपालिकाका मेयर भिम पराजुली, विभिन्न युवा समूहहरूको सहभागीता छ । आइतबार १० बजेदेखि विराटनगरको व्यस्त बजार बि प्लटबाट सुरु भएको सफाइ अभियान ३ घण्टासम्म जारी थियो । सडक सफाइका क्रममा सय बढी युवा सहभागी भएका थिए ।

सरसफाई अभियानमा महानगरका नगर रक्षक, कर्मचारी, विद्यार्थी तथा युवाहरुको सहभागीतामा रहेको थियो । उक्त अभियान दैनिक सञ्चालन गरिने दारी ग्याङका संयोजक सविन घिमिरेले जानकारी दिए । सफाइ अभियानमा सहभागी महानगर प्रमुख भीम पराजुलीले युवाहरुको सक्रियतालाई नगरपालिकाले सँधै सहयोग गर्ने प्रतिवद्धता जनाए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top