२ मंसिर, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह र उनको परिवार बेलाबखत रेष्टुरेन्ट, नाइट क्लब र बारमा देखिने गर्छन् ।
लाजिम्पाटको त्रिसरा रेष्टुरेन्टमा ज्ञानेन्द्र परिवारको जमघट बाक्लै रुपमा हुने गरेकोमा यसपटक उनी ठमेलको नाइट क्लब पुगेर सबैलाई सर्प्राइज दिन भ्याएका छन् ।
शाह ठमेलको चर्चित क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) पुगेर खानपिन मात्र गरेनन् उपस्थितहरुसँग ‘रातो र चन्द्र सूर्य’ गीतमा डान्स पनि गरे ।
पूर्व राजाको साथमा हिमानी शाह पनि उपस्थिति थिइन् । उनले पनि शुभेच्छुकहसंग नाचेर रमाइलो गरिन् । पूवै रानी कोमल बाहेक ज्ञानेन्द्र परिवारका अन्य सदस्य पनि क्लबमा पुगेका थिए ।
सयौं शुभेच्छुकहरुसँग उनीहरुले पनि रमाइलो गरेका थिए । काठमाडौं बाहिर भएकाले पारस शाह भने त्यहाँ उपस्थित थिएनन् । पूर्व राजा शाहले त्यहाँ उपस्थित युवाहरुसँग तस्विर र सेल्फी पनि खिचाएका थिए ।
रुदिक श्रेष्ठलगायतको टिमले संचालनमा ल्याएको नाइट क्लबमा तन्नेरीहरुको रोजाइमा पर्ने गरेको भए पनि शनिबार राती पूर्व राज परिवारका सदस्य र कलाकारहरु पुगेका थिए ।
साँझ १० बजे क्लब छिरेका शाह १ बजे बाहिरिएका थिए । शाह क्लबमा छिरेपछि शुभेच्छुकहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ भन्ने नारा पनि लगाएका थिए ।
फोटोः लर्ड अफ ड्रिङस्(एलओडी)