आजका प्रमुख खबरहरुः
१.(प्रमाणका लागि बकपत्र)
पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको जबर्जस्ती करणी उद्योग मुद्दाबारे काठमाडौं अदालतले यही मंसिर २९ मा बकपत्र तोक्यो / लामो समय भएमा मुद्दाका पीडित, साक्षीले विभिन्न कारणले बकपत्र फेर्ने सम्भावना भएकाले बकपत्र गराउने प्रावधान ।
२.(अबुझ प्रधानमन्त्री !)
उपलब्ध गराउदै आएको सम्पुर्ण सहयोग पूर्ववत ढंगले उपलब्ध गराउन माग गर्दे मृगौला पिडितहरुद्वारा प्रधानमन्त्री निवास क्षेत्रमा प्रर्दशन / १४ बुँदे ज्ञापनपत्र लिएर पुगेका पीडितहरुको समस्या प्रधानमन्त्री नबुझेको गुनासो ।
३.(थपियो विद्युत)
सिंहदरबारको ‘एक्सन रुम’ बाटै ६० मेघावाटको माथिल्लो त्रिशुली थ्रि ए जलविद्युत आयोजनाको प्रधानमन्त्री केपीशर्मा ओलीद्वारा उद्घाटन / विकास आयोजनाहरुको जग्गाको मुआब्जा धेरै नखोज्न आग्रह ।
४.(कारबाही होस्)
कर्मचारीहरुसँग घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्रीहरु आफैं संलग्न रहेको नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको आरोप / स्थानीय तहमा करोडौंको बजेटमा लुट मच्याउने काम भईरहेको भन्दै कडा कार्वाही गर्न माग ।
५.(झुक्यो एसएसबी)
भारतीय सीमा क्षेत्र तथा इलामकै अग्लो पर्यटकीयस्थल सन्दकपुरको भ्यु–पोइन्टमा जान र तस्बिर खिच्न एसएसबीले अवरोध नगर्ने / सशस्त्र प्रहरी बलका अधिकारीसँग भएको छलफलमा पर्यटकलाई अवरोध नगर्ने एसएसबीको आश्वासन ।
६.(डोजरकाण्डको परिणाम)
दशरथचन्द नगरपालिका–९ ग्वालेकमा सडक निर्माणका क्रममा एक्स्काभेटरको हुत्याएर स्थानीय घाइते भएको घटनाका एक जना आरोपी पुर्पक्षका लागि कारागार चलान / अन्य तीन जना आइतबार धरौटीमा रिहा ।
७.(विद्युतमा अवरोध)
मोरङको ग्रामथान गाँउपालिकाका स्थानीयद्वारा दुहबी कटहरी ३३ केभी विद्युत प्रसारण लाइन निर्माणमा पुनः अवरोध / हाइटेन्सन विद्युत प्रसारण लाइनका कारण स्वास्थ्यमा प्रतिकुल असर पर्ने र गर्भ नरहने भन्दै वैकल्पिक रुटबाट प्रसारण लाइन लैजान माग ।
८.(जितेर जाने कि ?)
उत्तर दक्षिणको सीमा सदर गराउने राम्रो मौका भएको कांग्रेस नेता रामचन्द्र पौडेलको भनाई / नेपाल र भारत दुवै देशमा स्थिर सरकार भएको बेलापनि नटुंग्याए कांग्रेसलाई छोड्नुपर्ने तर्क ।
९.(उजुरी गरौं)
सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगका पदाधिकारीका लागि छनौट भएका ६१ जनाबा विरुद्ध उजुरी आह्वान / छनौट समितिले गरेका नाम र प्रक्रियाप्रति पीडित समुदाय र नागरिक समाजले आपत्ति ।
१०.(न्याय मर्दैन)
बैतडीको पाटन बजारमा गेसपेपर किन्न गएकी पूजा बोहोरालाई बलात्कार गर्ने सागर भट्ट र अमर अवस्थीलाई साढे ११ वर्ष कैद सजाय / दोषी र सरकार दुवैले बोहोरालाई १० लाख क्षतिपूर्ति भर्नुपर्ने सर्वोच्चको फैसला ।
११.(जुवाडे पक्राउ)
झापाको भद्रपुर नगरपालिका–५ बाट तास खेलिरहेका १७ जना पक्राउ / तासको खालबाट करिव नगद २ लाख २७ हजार, १ बुङतास र १६ थान मोबाइल बरामद ।
१२.(उर्जा मन्थन)
आगामी विहिबारदेखि काठमाडौमा उर्जा सम्मेलन हुने / सम्मेलनमा नेपालका साथै भारत, बंगलादेश, भुटान, चीन, जापानलगायत देशका ७० भन्दा बढी विशेषज्ञहरुको उर्जा सम्बन्धी प्रस्तुति रहने ।
१३. (नेपालीको भाग्योदय)
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सहित ७ खेलाडी पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्ट अन्तर्गत सिल्भर क्याटगेरिमा पर्न सफल / लेग स्पिनर सन्दीप लामिछाने भने प्लेटिनम क्वाटगेरीमा ।
१४.(बाहिरियौं हामी)
एसीसी इमर्जिङ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग ८ विकेटले पराजित भएसंगै नेपाल समूह चरणबाटै बाहिरियो / नेपालको १३९ रनको लक्ष्य बंगलादेशले २४ ओभरमै २ विकेट गुमाएर भेट्टायो ।
र,
१५.(दोहोरिरहने गोलीकाण्ड)
अमेरिकाको क्यालिफोर्नियाको फ्रेस्नोस्थित पारिवारिक जमघटका बेला गोली प्रहार हुँदा चारजनाको मृत्यु / ६ जना घाइते / एक अपरिचित व्यक्ति गोली प्रहार गरी फरार भएको प्रहरीको भनाई।