चिठ्ठा परेको भन्दै लाखौँ ठगी गर्ने गिरोह पक्राउ

चिठ्ठा परेको भन्दै लाखौँ ठगी गर्ने गिरोह पक्राउ

धरान, फागुन २०
चिठ्ठा परेको भन्दै लाखौं रुपैयाँ ठगी गर्ने गिरोहलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । दिन प्रतिदिन चिठ्ठा परेको भन्दै ठगीएको उजुरी प्रहरीमा पर्न थालेपछि सिआईवी र धरान प्रहरीको टोलिले गिरोहमा संलग्न ५ जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं. ११ महेन्द्र चौक डेरा गरी बस्ने ४० बर्षीया अनिताकुमारी राउत र उनका छोरा २३ बर्षीय आशिष राउत क्षेत्रीलाई प्रहरीले विराटनगरबाट प्रक्राउ गरेको हो भने ६१ बर्षीय टिकाराम जैसी, ३१ बर्षीय यशकुमार थापा र ३७ बर्षका प्रितमबहादुर गुरुङ्गलाई काठमाण्डौबाट सिआइवी र प्रहरीका टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका राउत आमा छोराले चिट्ठा परेको भन्दै रमेश श्रेष्ठबाट मात्र २ लाख ३७ हजार ठगी गरेका थिए । अन्य विभिन्न स्थानका व्यक्तिहरुलाई चिट्ठा परेको भन्दै ७ लाख ४८ हजारभन्दा बढी ठगी गरेको धरान प्रहरीले बताएको छ ।

यस्तै पक्राउ पर्नेमा लमजुङ रानीबास गाउँपालिका वडा नं. ११ का प्रितमबहादुर गुरुडले ५ लाख, नवलपरासी देवचुली–८ बस्ने यशकुमार मगरले २० हजार, वाग्लुङ नगरपालिका वडा नंं १२ बस्ने टीकाराम जैसी पाठकले ३ लाख २९ हजार रुपैयाँ ठगी गरेको पाइएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले जानकारी दिए ।

पक्राउ गरेका पाँचै जनालाई ठगी मुद्दाअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ भने उनीहरु माथि थप अनुसन्धान भइरहेको डिएसपी पौडेलले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.