बहुलवादका आधारमा काम गर्ने थापाको प्रतिवद्धता

बहुलवादका आधारमा काम गर्ने थापाको प्रतिवद्धता

३ मंसिर,काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका नव नियुक्त प्रेस सल्लाहकार सूर्य थापाले बहुलवादमा आफूलाई विश्वास भएको र त्यसका आधारमा काम गर्ने बताएका छन्।

मंगलबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई केन्द्रमा राखेर पत्रकारिता गरिरहेकाहरुसँग सुझाव लिने क्रममा थापाले सूचना लुकाउने संस्कारबाट आफू अलग हुने र जतिसक्दो इमान्दार र पारदर्शी ढंगबाट प्राप्त जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

नेकपाको प्रचार विभाग उपप्रमुख एवं पार्टीको केन्द्रीय सदस्य थापाले यसअघि झलनाथ खनाल प्रधानमन्त्री रहेका बेला पनि प्रेस सल्लाहकारको भूमिका निभाएका थिए।

प्रेस सल्लाहाकारको औपचारिक रुपमा जिम्मेवारी सम्हालेलगत्तै थापाले पछिल्लो समय गलत समाचारको हावी भएको र त्यसले जनतामा भ्रम सिर्जना गरेको भन्दै त्यसतर्फ पत्रकाहरु सचेत हुनुपर्ने बताए।

‘अहिले फेक न्यूज, पेड न्यूज र भ्रम सिर्जना गर्ने न्यूज बढी आउन थालेको छ। सञ्चारमाध्यले आफै मन्त्री बनाउँछन्। उनीहरु आफै डाक्टर बन्छन्। पहिले राज्यसत्ताविरुद्धको लडाइको बेला जस्तो हैन। अब संवेदनशील भएर कलम चलाउनुपर्छ,’ थापाले भने।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार डा.कुन्दन अर्यालको राजीनामा स्वीकृत भएसँगै थापा उक्त पदमा नियुक्त भएका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.