आचारसंहिता विपरितका गतिविधि रोक्न कांग्रेसको माग

आचारसंहिता विपरितका गतिविधि रोक्न कांग्रेसको माग

५ मंसिर, काठमाडौँ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता विपरितका गतिविधि नगर्न सरकारलाई सचेत गराएको छ । नेपाली कांग्रेस उपनिर्वाचन अनुगमन समितिले बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी निर्वाचन आचारसंहिता विपरितका गतिविधि नगर्न सरकारलाई सचेत गराएको हो ।

उपनिर्वाचन हुने जिल्लाहरुमा निर्वाचन आचारसंहिता विपरितका गतिविधिलाई निरन्तरता दिएकाले त्यसो नगर्न सरकारलाई सचेत गराउनु परेको सो समितिका संयोजक एवम् कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । कांग्रेसले सो उपनिर्वाचनलाई प्रभावित पार्ने खालका गतिविधिमा रोक लगाउन निर्वाचन आयोगको पनि गम्भिर ध्यानाकर्षण पनि गराएको छ । मतदातालाई प्रभावित पार्नेगरी कम्मल बाँडने, डोजर चलाउने लगायतका काम सरकार र सत्तारुढ दल नेकपाका सांसदहरुले गरिरहेकाले त्यसमा रोक लगाउन निर्वाचन आयोगको पनि गम्भिर ध्यानाकर्षण गराउनु परेको संयोजक लेखकले बताए ।

नेपाली काँग्रेसले संवैधानिक परिषद ऐन अध्यादेशमार्फत् ल्याउने सरकारको तयारीप्रति पनि आपत्ति जनाएको छ । कांग्रेस नेता लेखकले सामान्य बहुमतको आधारमा पनि संवैधानिक परिषदले निर्णय गर्ने गरी सो ऐन अध्यादेशमार्फत ल्याउने तयारी सरकारले गरिरहेको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाए। नेता लेखकले संविधान विपरित संवैधानिक परिषदको ऐन अध्यादेशमार्फत ल्याउने काम नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.