झापामा एक ब्यक्तिले आफैँले आफूलाई काटे

झापामा एक ब्यक्तिले आफैँले आफूलाई काटे

७ मंसिर, झापा ।
झापामा एक ब्यक्तिको आफैले आफूलाई काट्दा मृत्यु भएको छ । दमक नगरपालिका–६ बस्ने ४२ बर्षीय राजिब निरौलाले आफ्नै घाँटीमा चक्कुले काट्दा उनको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो सवा २ बजे आफ्नै घरमा ४२ बर्षीय निरौलाले आफ्नै घाँटी चक्कुले काट्दा उनी गम्भिर घाईते भएका थिए । निरौलाले आफैले आफूलाई काट्नुको कारण भने खुल्न सकेको छैन ।

लाईफ लाईन अस्पताल दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागी नोबेल अस्पताल बिराटनगर ल्याईएकोमा उपचारको क्रममा निरौलाको शनिबार राती सवा ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.