दिनभरका प्रमुख खबरहरु

दिनभरका प्रमुख खबरहरु

आजका प्रमुख खबरहरुः

१.(मापदण्डका लागि खबरदारी)
रानी–धरान ६ लेन सडकको इटहरी खण्डमा निर्माणाधिन सडक मापदण्डविपरित भएको भन्दै संघर्ष समितिद्वारा प्रदेश १ सरकारको ध्यानाकर्षण / सडक विवादको बारेमा तुरुन्त जवाफ मागिने मुख्यमन्त्री शेरधन राईको आश्वासन ।

२.(पर्यटन प्रवद्र्धन गरौं)
पर्यटकीय गन्तव्यस्थलको प्रचारप्रसार तथा प्रबद्र्धनका लागि प्रदेश १ सरकारद्वारा यात्रा पूर्वको शुभारम्भ /यात्रामा सहभागी ७० जनाको टोलीले सुनसरीकोे कोशीटम्पुदेखि इलामको सन्दकपुरसम्म घुम्ने ।

३.(विद्यार्थीको माग)
नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धिन अन्सारीलाई पक्राउगर्न मागगर्दै नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूद्वारा वीरगञ्जमा प्रदर्शन ÷विद्यार्थीमाथि अन्सारीकै संलग्नतामा कुटपिट भएको भन्दै पक्राउको माग ।

४.(महानगर कमिटिलाई पूर्णता)
नेकपा विराटनगर महानगर कमिटीको औपचारिक टुंगो लाग्यो / नेकपा बिधान अनुसार मोरङ जिल्ला कमिटी सरहको मान्यता रहेको विराटनगर महानगर कमिटी १ सय ५५ सदस्यीय बन्यो ।

५.(पितृ देवो भवः)
दिवंगत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि मनाइँदै / आज दिवङ्गत पितृका नाममा दीपदान गर्ने र भोली शतबीज छरिने ।

६.(कुटपिटको छानविन)
वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा शुक्रबार दिउँसो विद्यार्थीमाथि भएको कुटपिटका विषयमा छानबिन गर्न चार सदस्यीय समिति गठन / घटनाको वास्तविकता पत्ता लगाई यथाशीघ्र प्रतिवेदन दिन प्रमुख जिल्ला अधिकारीको निर्देशन ।

७.(विकल्पमाथि प्रहार)
प्रयोजन विपरीत मोटरसाइकल चलाएको आरोपमा ट्राफिक प्रहरीले थाल्यो टुटल र पठाओका चालकमाथि कारबाही / मोटरसाइकलबाट भाडामा यात्रु ओसारेको आरोपमा पठाओका चालक विकास तामाङलाई कारबाही ।

८.(अनुगमन पनि होस्)
संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिद्वारा बजार अनुगमन गर्न उपसमिति गठन / दैनिक प्रयोग गर्ने खाद्य वस्तुहरुको मूल्य अत्याधिक बढेपछि समितिको चासो ।

९.(विरोधका शैली)
नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद नियमावली आठौं संशोधनको विरोध गर्दै प्रधानमन्त्री निवास अगाडी धर्ना दिने / सरकारले २ खर्ब रुपैयाँ बराबरको २ सय भन्दा बढी आयोजनाहरुको म्याद थप नगरेको आरोप ।

१०.(सरकारमाथि प्रश्न)
संक्रमणकालिन न्याय सम्पादनको लागि सरकार गम्भीर नभएको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको आरोप / सरकारले सरोकारवाला निकाय सँग छलफल नै नगरी कानुन बनाउदा समस्या भएको जिकिर ।

११.(तातिए गोकुल)
सरकारको लक्ष्य अनुसार काम गर्न नसक्ने विभागिय प्रमुखलाई बर्रखास्त गर्ने संञ्चारमन्त्री गोकुल बास्कोटाको संकेत / दोश्रो चौमासिक समिक्षा बैठकमा ६६ प्रतिशत काम नसकाएका प्रमुखहरु अयोग्य सावित हुने ।

१२.(आफ्नाको तारिफ)
संघीय सरकारसँग ‘टसल’ गरेर जान नहुने प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलको भनाई / प्रदेश सरकारको अधिकार दिने कुरामासंघीय सरकारले कन्जुस्याई नगरेको उल्लेख ।

१३.(ग्रामी अवार्डमा नेपाली)
चर्चित नेपाली ब्यान्ड ’१९७४ एडी’का पूर्वसदस्य तथा बाँसुरीवादक मनोज सिंह संगीत विधाको सबैभन्दा ठूलो ग्रामी अवार्डको मनोनयनमा पर्न सफल / २०२० जनवरीमा ग्रामी अवार्डको विजेताको घोषणा हुने ।

१४.(नियम नै सर्वाेपरी)
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दो, कराते र आर्चरीमा भारतले म्याद सकिएपछि सहभागी गराउन गरेको आग्रहलाई नेपालद्वारा अस्वीकार / संघमा भएका आन्तरिक विवादका कारण भारतले क्षेत्रीय खेलकुदको कुम्भमेला गुमाउने ।

र,
१५.(केन्यामा विपत्त)
केन्यामा आएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३७ पुग्यो / प्रतिकुल मौसमका कारण खोजी तथा उद्धार कार्यमा कठिनाई / केन्याका राष्ट्रपति उहुरु केन्याटाद्वारा मृतकप्रति समवेदना प्रकट ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.