चीनले नेपालको उर्जा क्षेत्रमा लगानी गर्ने उर्जामन्त्रीको विश्वास

चीनले नेपालको उर्जा क्षेत्रमा लगानी गर्ने उर्जामन्त्रीको विश्वास

९ मंसिर, काठमाडौँ ।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले चीनले नेपालको जलविद्युत क्षेत्रको विकासमा लगानी विस्तार गर्दै लैजाने विश्वास व्यक्त गरेका छन । मन्त्री पुनले सोमबार काठमाडौंमा चीनको युनान प्रान्तका गभर्नर रुएन चेङ्फा नेतृत्वको ६ सदस्यीय प्रतिनिधिमण्डलसँगको भेटमा चीनले नेपालको जलविद्युत क्षेत्रको विकासमा लगानी विस्तार गर्दै लैजाने बताएका हुन ।

उनले चीनको युनान प्रान्तले नेपालको जलविद्युत आयोजनाहरुमा गरेको लगानीको दायरा पनि फराकिलो हुँदै जाने नेपाल सरकारको अपेक्षा रहेको पनि बताए । मन्त्री पुनले युनान प्रान्तका गभर्नर चेङफालाई नेपालको पर्यटन, कृषि, शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पनि सहकार्य गरेर अघि बढन आग्रह गरे ।

उता, युनान प्रान्तका गभर्नर चेङफाले पनि नेपालको पर्यटन, कृषि, शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पनि सहकार्यका साथ काम गर्ने इच्छा व्यक्त गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.