सन्दीपले साग नखेल्ने

सन्दीपले साग नखेल्ने

९ मंसिर, काठमाडौं ।
काठमाडौँमा हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको क्रिकेट खेल युवा लेग स्पीनर सन्दीप लामिछानेले नखेल्ने भएका छन् । सन्दीपको आँखा समस्या देखिएको र सोमबार मात्र लेजर राखेकाले साग नखेल्ने भएको सन्दीपका स्थानीय व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।

शिवाकोटीले भने ‘सन्दीपले आजै मात्र डक्टरसँग चेक गराएर आँखा लेजर राखेका हुन् । चश्मा लगाएर खेल्न केही गाह्रो हुने र भविष्यमा केही असर नपरोस् भनेर साग नखेल्ने भएका हुन् ।’

आगामी फेब्रुअरीमा नेपालले त्रिकोणात्मक सिरिज खेल्दैछ र त्यसैलाई मध्यनजर गर्दै अहिले आराम लिन लागेको शिवाकोटीले जानकारी दिए । उनका अनुसार सन्दीपले कम्तीमा दुई साता आराम गर्नेछन् । उनी भर्खरै मात्र युएईमा सम्पन्न टी–१० लिग खेलेर फर्किएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.