सरकारले खेलकुद पूर्वाधार निर्माणमा जोड दिएको छ : अर्थमन्त्री खतिवडा

१० मंसिर ७६, बुधबार

१० मंसिर, काठमाडौँ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले खेलकुद पूर्वाधार निर्माणमा जोड दिएको बताएका छन् । बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता राष्ट्रिय महिला भलिबल टिमलाई मंगलबार काठमाडौंमा सम्मान गर्दै उनले खेलकुद क्षेत्रको पूर्वाधार निर्माणका लागि उचित बजेट विनियोजन गरिएको दावी पनि गरे ।

Advertisement

मन्त्री खतिवडाले सबै प्रदेशमा सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने, अन्तर्राष्ट्रिय क्रिकेट मैदानको काम छिट्टै सम्पन्न गर्ने तथा सबै स्थानीय तहमा खेल ग्रामको स्थापनाका लागि आवश्यक बजेटको विनियोजना गरिएको उल्लेख गर्दै सो कामलाई तीव्रता दिन पनि सम्बन्धित निकायलाई आग्रह गरे ।

अर्थमन्त्री खतिवडाले खेलकुद अर्थशास्त्रको माध्यमबाट देशको अर्थतन्त्रमा सहयोग पुग्ने भएकाले खेल पूर्वाधार निर्माणमा लगानी बढाउन आवश्यक भएको पनि बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top