राष्ट्रपति भण्डारी रामजानकी विवाह महोत्सवमा सहभागी, जानकी मन्दिरमा विशेष पूजाआजा

राष्ट्रपति भण्डारी रामजानकी विवाह महोत्सवमा सहभागी, जानकी मन्दिरमा विशेष पूजाआजा

१३ मंसिर, जनकपुर । राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरमा रामजानकी विवाह महोत्सवको चौथो दिन शुक्रबार तिलकोत्सव समारोहमा सहभागी भएकी छन् ।

महोत्सवमा सहभागी हुन जनकपुर आएकी राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा विशेष पूजासमेत गरेकी छिन् । जानकी मन्दिरको पूजापछि भण्डारी प्रदेश सरकारले आयोजना गरेको भोजमा सहभागी हुनेछिन् ।

विवाह महोत्सव अन्तर्गत जनकपुरको रंगभूमि मैदान बाह्र बिघामा तिलक समारोह आयोजना गरिएको छ । राष्ट्रपति भण्डारी समारोहमा सम्बोधन गर्ने कार्यक्रम छ ।

भण्डारीले रामजानकी विवाह महोत्सवमा भारतको अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्ने कार्यक्रम छ। भण्डारीलाई जनकपुरका कलाकाहरुले जानकी लिला देखाउने छन्।

राष्ट्रपति भण्डारीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री योगेश भट्टराई, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल पनि सहभागी छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.