रुसी राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

१२ मंसिर ७६, शुक्रबार

१३ मंसिर, काठमाडौं । रुसी महासंघ र गणतन्त्र सर्भियाको औपचारिक भ्रमणमा रहनुभएका पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली स्वदेश फर्किएका छन् ।

मन्त्री ज्ञवाली शुक्रबार बिहान करिब १० बजे त्रिभुवन अन्तर्राट्रिय विमानस्थल आइपुगेका हुन् । विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले रुस भ्रमणको क्रममा राष्ट्रपति पुटिन र प्रधानमन्त्री दिमित्री मेतभेदेवलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी गराए ।

त्यस्तै भ्रमण वर्ष २०२० को अवसरमा नेपालमा आयोजना हुने सगरमाथा सम्वादमा आउन रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोलाई निम्तो दिएको जानकारी समेत दिए ।

मन्त्री ज्ञवालीले दुईपच्छीय सम्बन्धलाई निवकरण गर्दै व्यापार प्रवद्र्धन, लगानी अभिवृद्धि, पर्यटन, आर्थिक सहायता तथा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा सहयोग र सहकार्य विस्तार गर्ने विषयमा छलफल गरिएको जानकारी समेत दिए ।

त्यस्तै संघाही कोअपरेसन अर्जनाइजेसनको पूर्ण सदस्य बन्नको लागि सहयोग गर्न आग्रह गरेको समेत उनले बताए । उनले रुससँग विपद्का बेला उद्धारका लागि चाहिने र यूएन मिसनका लागि चाहिने सामग्री सहयोगको छलफल भएको समेत जानकारी दिए ।

परराष्ट्रमन्त्री ज्ञवालीले सर्भियाको औपचारिक भ्रमणका क्रममा पनि दुई देशबीचको हितका विषयमा छलफल भएको जानकारी दिए । सर्भियासँगको सम्बन्धको ६० औं वार्षिकोत्सवको अवसर पारेर त्यहाँको कुनै एक सडकको नामाकरण महाकवि लक्ष्मीप्रसाद देवकोटाको नामबाट राख्न सर्भिया सकारात्मक रहेको समेत जानकारी दिए ।

परराष्ट्र मन्त्री रुसी महासंघ र गणतन्त्र सर्भियाको औपचारिक भ्रमणका लािग गत शनिबार रुसको राजधानी मस्को प्रस्थान गरेका थिए । उनले मंसिर ८ गतेदेखि ११ गते सम्म रुसको र ११ देखि १२ गते सम्म सर्भियाको भ्रमण गरेका हुन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top