१३ मंसिर, सुनसरी । सिद्धबाबा भनिने कृष्णदास गिरीलाई बलात्कार अभियोगमा पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदातल सुनसरीले गिरीलाई शुक्रबार पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
गिरीलाई पक्राउ गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताएका छन् । एक जना अनुयायीले गिरीमाथि आश्रममा भेट्न बोलाएर बलात्कार गरेको आरोप लगाएकी छन् ।
सिद्धबाबा भनिने कृष्णदास गिरीविरूद्ध जबरजस्ती करणीको मुद्दा जिल्ला अदालत सुनसरीमा बिहीबार दर्ता भएको थियो ।