फोटो स्टुडियोबाट सरकारी कागज कीर्ते, संचालकहरु पक्राउ

१३ मंसिर ७६, शनिबार

१३ मंसिर, काठमाडौं । सरकारी कागजात कीर्ते गर्ने फोटो स्टुडियो संचालकहरु पक्राउ परेका छन् । शुक्रबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले पत्रकार सम्मेलन गर्दै बिहीवार काठमाडौँको विभिन्न स्थानबाट तीन जनालाई नियन्त्रणमा लिएको बताएको छ ।

Advertisement

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ओखलढुंगा जिल्ला रानीवन ७ घर भई हाल सामाखुसी बस्ने सबिन कुमार तोलाङ्गी, धादिङ नीलकण्ठ नगरपालिका ९ घर भई हाल महाराजगञ्ज बस्ने २६ वर्षीय मधुसुदन दवाडी र चितवन जिल्ला रत्ननगर १६ पिठुवा स्थायी ठेगाना भई हाल सिनामंगल बस्ने ३४ वर्षीय अमृत सुर्खेतीलाई पक्राउ गरेको बताएको छ ।

पत्रकार सम्मेलनमा व्यूरोका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले पक्राउ परेका ३ जनाले नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन आयोग तथा विभिन्न राजनीतिक दलका कागजपत्रहरु कीर्ते गरि बेचबिखन गर्ने गरेको बताए ।

Advertisement

पक्राउ परेकाहरुले प्लस टूका एकेडेमिक ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्र्टििफकेट, माइग्रेसन सर्टिफिकेट, सशस्त्र प्रहरी बल बंगलामुखी विशेष कार्यदल गण हलचोकका विभिन्न प्रमाण पत्रहरु, नेपाल आर्मीका प्रमाण पत्रहरु, विभिन्न विद्यालयका मार्क्सिटहरु बनाउने गरेका पाइएको ब्युरोले बताएको छ।

पक्राउ परेकाहरुबाट महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी रुगुम कुँवरको समेत कीर्ते हस्ताक्षरसहितको लेटर प्याड पनि बरामद गरेको छ । पक्राउ परेकाहरु सँग अरु किर्तेकाम गर्ने गिरोहसँग सम्बन्ध हुनसक्ने भन्दै अनुशन्धान गहन बनाएको प्रहरीले बताएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top