धनपालथान उपचुनाव, मौन अवधिमा माछाको खेल  

१३ मंसिर, विराटनगर । मौन अवधिमा पोखरीबाट धमाधम माछा मार्न थालिएपछि मोरङको धनपालथान वडा नम्बर २ मा स्थानीयले माछासहित व्यक्तिलाई प्रहरीको जिम्मा लगाई दिएका छन् ।
धनपालथान वडा नम्बर २ मा शनिबार उपनिर्वाचन हुँदैछ तर केही व्यक्तिले चुनावलाई नै प्रभावित पार्न मतदातालाई माछा वितरण गर्ने  योजनासाथ पोखरीबाट माछा झिक्न थालेपछि स्थानीयले पक्राउ गरेको बताइएको छ ।
स्थानीयका अनुसार विहीबार राति पनि केही मानिसले गाउँ पसेर मतदातालाई माछा बाँडेका थिए । धनपालथानको ललियामा नेकपा सम्बद्ध व्यक्तिहरुले माछा मारेर मतदातालाई बाँढ्ने तयारी गरेको सूचना पाएपछि आफूहरुले पक्राउ गरेको कांग्रेस महासमिति सदस्य तथा स्थानीय नेता रामनारायण मण्डलले जानकारी दिए ।
स्थानीयका अनुसार ललियामा रहेको शिवशक्ति माविको माछा पोखरीबाट नेकपा सम्बद्ध कैलाश सिंहले माछा झिक्न अह्राएका थिए ।  शुक्रबार बिहानैदेखि पाँचजना मानिस खटिएर जाल हालेर माछा मार्न थालेपछि शंका लागेर आफूहरुले प्रहीलाई नै खबर गरेको स्थानीय धरलाल गन्गाईले बताए ।
माछा मार्नेले बिक्री गर्न भन्ने बताएपनि मतदातामाझ वितरण गर्न माछा पोखरीबाट झिकिएको स्थानीयले बताउका छन्। यता माछा मार्न आएका जलहार मुसरु बहरदारले भने रंगेली बजारमा लगेर बिक्री गर्न आफूहरुले माछा मारेको बताएका छन् ।
इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर लेखनाथ दाहालले गाउँमा विवाद भएपछि अवस्था नबिग्रियोस भनेर आफूहरुले सुरक्षा दिइएको बताए । यस विषयमा थप अनुन्सधान भईरहेको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top