१४ मंसिर, उदयपुर ।
उदयपुरमा भीरबाट लडेर एक बालकको मृत्यु भएको छ ।
लिम्चुङबुङ गाँउपालिका ३ सिम्ले बस्ने भरतबहादुर मगरका छोरा १० बर्षीय ओपे भन्ने गणेशबहादुर मगरको भीरबाट लडी मृत्यु भएको हो । शुक्रबार बेलुका ०६ बजे लिम्चुङबुङ बाह्राजंगलको धारापानी गैरास्थितको भीर नजिकैबाट बालक मगरको लडेर मृत्यु भएको स्थानीयलाई उधृत गर्दे प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाउन साथ गएको ईलाका प्रहरी कार्यालय लिम्चुङबुङको प्रहरी टोलीले कानुनी कारबाही अघि बढाएको थियो । नाबालक मानसिक सन्तुलन ठीक नभएको बुझिन आएको तथा यसबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।