१७ मंसिर, काठमाडौँ ।
धार्मिक अगुवाहरुले अज्ञानता र अन्धविश्वासको कारण विकासोन्मुख देशहरुमाधर्मको नाउँमा नारी शोषण, भेदभाव, दमनतथापितृसतात्मकव्यवहार हुने गरेको बताएका छन् । महिला हिंसा न्यूनिकरणमा धार्मिक अगुवाहरुको भुमिका सम्बन्धीमंगलबार काठमाडौंमाआयोजित एक अन्तरक्रियामा उनीहरुले धर्मका नाउँमा महिला हिंसा बढ्दै गएको बताएका हुन् ।
सन १८७० देखि संयुक्त राष्ट्रसँघले महिला हिंसा विरुद्धको अभियान चलाएको भए पनि विकासोन्मुख मुलुकहरुमा अझै पनि धर्मको नाउँमा कुनै न कुनै हिंसा हुने गरेको उनीहरुको भनाई छ । धार्मिक अगुवाहरुले महिलामाथि हुने गरेको पीडा, क्षति, अपहेलना, ठगी, अपमान र दुव्र्यवहार नै हिंसा भएको बताउँदै ती सबै कामहरु धर्मकै नाउँमाहुने गरेको बताएका छन् ।
उनीहरुले यसबाहेक महिलाले परिश्रम गरेबापत पाउने मूल्य, व्यक्तिगत स्वतन्त्रता, शिक्षा, घरेलु कामको विभाजन, अर्थ व्यवस्थाको जिम्मेवारी, पारिवारिक विषयप्रतिको रायसुझाव र निर्णय लगायतका काममा समेत हुने विभेद नै महिला हिंसा भएको बताएका छन् । उनीहरुले धर्म जीवन शैलीभएको तर त्यसको गलत व्याख्याका कारण महिलामाथि विभेद हुने गरेको बताएका छन् ।
हरेक वर्ष नोवेम्बर २५ मा ‘महिला हिंसा विरुद्ध अन्र्तराष्ट्रिय दिवस’मनाउने गरिन्छ । सोहीअनुसार नेपालमा पनि २५ नोवेम्बरदेखि १० डिसेम्बर सम्म १६ दिने महिला हिंसा विरुद्धको अभियान देशैभर सञ्चालनगरिने भएको छ ।