सीमा विवाद : मोदीले समय नदिएपछि माधव नेपालको भारत भ्रमण रोकियो

१८ मंसिर ७६, बुधबार
Share this
740shares

१८ मंसिर, काठमाडौँ ।
पछिल्लो समय उत्पन्न भएको सीमा विवादबारे छलफल गर्न भारत जाने तयारीमा रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको भ्रमण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्ने समय नदिएपछि रोकिएको छ ।

Advertisement

भारतले जारी गरेको राजनीतिक नक्सामा नेपालका भू–भागहरू समेटेपछि उत्पन्न विवादका विषय छलफल गर्न नेपाल सरकारको तर्फबाट विशेष दूत भएर जाने तयारी गरेका नेपाललाई मोदीको भेट्ने समय नमिलेपछि भ्रमण रोकिएको ब्रिफिङ बुधबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेकपाको सचिवालय बैठकमा गरिएको छ। छलफलमा अध्यक्ष पुष्पकमल दाहाल र नेता नेपालले यसबारे ब्रिफिङ गरेका थिए।

भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीका केही भूभाग समेटेपछि नेपालमा भारतको त्यो कार्यको चर्को विरोध भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राजनीतिक नेतृत्वसँग सिधा छलफलका लागि नेता नेपाललाई विशेष दूत बनाएर पठाउने निर्णये गरेका थिए।

Advertisement

भारतीय प्रधानमन्त्रीले समय दिएलगत्तै नेता नेपाल विशेष दूतका रुपमा भारत जाने बैठकमा सहभागी एक नेताले बताए । ती नेताले भने, ‘माधव नेपालले भारत जान समय मागिरहनु भएको छ, भारतीय प्रधानमन्त्रीसँग तर उताबाट समय मिलेको छैन।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top