पिपुल फोरमद्धारा सरोकारवालालाई जानकारी

विराटनगर, फागुन २२
आप्रवासी कामदारहरुको न्यायमा पहुँच सम्बद्र्धन परियोजना सन्चालन गर्दे आएको पिपुल फोरमले आज विराटनगरमा मोरङका सरकारी तथा गैरसरकारी निकायका सरोकारवालाहरुलाई आफूहरुले गरेको कामको जानकारी गराएको छ ।

कार्यक्रममा वैदेशिक रोजगारमा ऐजेन्ट भन्दा पनि मेनपावर कम्पनीबाट जाँदा सुरक्षित हुने भनेर सचेतना लगायतका कार्यक्रम गरिएको जानकारी दिइएको थियो ।

यस्तै खाडी मुलुकमा जाँदा सरकारले फ्रि भिसा र टिकटको व्यवस्था गरिसकेकाले वैदेशिक रोजगारमा १० हजारदेखि ३० हजारसम्म रकम लाग्ने भएपनि बढी पैसा तिरेर गैइरहेको जानकारी दिइएको थियो ।

सन् २०१६ मा प्रत्येक दिन १ हजार ६ सय युवा रोजगारीका लागि विदेशीने गरेको भएपनि अहिले दैनिक १ हजार १ सय बैदेशिक रोजगारीमा जाने गरेको जानकारी दिइएको थियो ।

वैदेशिक रोजगारीमा भएका दैनिक ३ जनाको शब नेपाल भित्रिने गरेकाले आफूले जाने देश र आफूले गर्ने कामको बारेमा सीप सिकेर जान सचेत गराइएको पिपुल फोरमकी कानुन सहायक अधिकृत कला त्रितालले जानकारी दिईन् ।

Scroll to Top