विराटनगरमा पहिलो पटक सडक महोत्सव हुने

१९ मंसिर ७६, शुक्रबार

२० मंसिर, विराटनगर ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउदै गर्दा पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले विराटनगरमा पहिलो पटक सडक महोत्सव हुने भएको छ । सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको नेपाल भ्रमण वर्षलाई निजी क्षेत्रबाट समेत सहयोग पुर्याउने उद्धेश्यले मञ्जिना मुभिज क्रियशनको आयोजनामा प्रदेश १ को राजधानी विराटनगरमा पहिलो पटक सडक महोत्सवको आयोजना हुन लागेको हो ।

विराटनगर महानगरपालिकाको सहयोगमा आगामी माघ १,२ र ३ गते हुने तीनदिने महोत्सव दिउँसो ३ बजेदेखि बेलुका ८ बजेसम्म स्थानीय शनिहाटमा आयोजना हुने विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गरी क्रियशनका निर्देशक जतिन ताम्राकारले जानकारी दिए । ‘सरकारले नेपाल भ्रमण वर्ष सफल बनाउन आफनो तर्फबाट काम गरिरहेको छ र यसलाई सफल बनाउनु हामी सवैको कर्तब्य पनि हो ’,ताम्राकारले भने,‘ भ्रमण वर्षको समयमा केही सख्यामा भएपनि महोत्सवका माध्यामबाट भारतीय पर्यटक भित्राउन सडक महोत्सव आयोजना गर्न लागिएको हो ।’

उनले प्रदेश राजधानी विराटनगरमा हुने महोत्वमा प्रदेशका अन्य जिल्लाका आन्तरिक पर्यटकपनि आउने अपेक्षा राखिएको बताए ।सडक महोत्सवमा स्वदेशीवस्तुहरु, स्थानीय उत्पादनदेखि विभिन्न खानाका स्टलहरु तथा अन्य ब्यवसायिक स्टलहरु रहने छन् । महोत्सव अवधिभर सांगितिक तथा सांस्कृतिक कार्यक्रमहरु राखिने ताम्राकारले जानकारी दिए । सांगितिक तथा सांकृतिक कार्यक्रममा स्थानीय कलाकर्मीहरुलाई पहिलो प्राथमिकता दिइने छ भने राष्ट्रियस्तरका कलाकारहरुलाई हरेक दिन उपस्थित गराइने तयारी गरिएको छ ।

Advertisement

सडक महोत्सवलाई ऐतिहासिक बनाउन आयोजना स्थललाई बेहुली झैँ सिगारिने उनले बताए । १ सय वटा स्टलहरु राखिने तयारी गरिएको सडक महोत्सवका लागि स्टल बुकिङ समेत खुला गरिएको उनले बताए । महोत्सवमा प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यहरुको संक्षिप्त जानकारी दिइने तथा पर्यटकीय स्थलहरुको तस्वीर समेत राखिने आयोजकले जनाएको छ । भारतीय अवलोकनकर्ताहरुले समेत आगमन हुने अपेक्षा राखेका ताम्राकारले महोत्सवको १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको बताए । महोत्सव अवधिभरमा करिव १ करोड भन्दा बढीको कारोवार हुने अनुमान आयोजकले गरेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top