मोटरसाईकलको पछाडि बस्नेको लडेर मृत्यु

मोटरसाईकलको पछाडि बस्नेको लडेर मृत्यु

२१ मंसिर, झापा ।
झापाको कमल गाँउपालिकाकाको गौरीगंज भित्री सड्क खण्डमा मोटरसाईकलमा सवार १ जनाको लडेर मृत्यु भएको छ । शनिबार बिहान मे ११ प १२२९ नम्बरको मोटरसाईकलमा पछाडि सवार ५३ की ज्ञानदेबी घिमालको लडेर मृत्यु भएको हो ।

स्थानीय ५२ बर्षिय तुलसीराम घिमाल र उनकी श्रीमती ज्ञानदेबी उत्तरबाट दक्षिणतर्फ जाँदै गर्दा ज्ञानदेबी मोटरसाईकलबाट लडेर घाईते भएकी थिइन् । उनलाई उपचारको लागी लाईफ लाईन अस्पताल दमक र्पुयाउनासाथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.