नेपालमा भ्रष्टाचार बढ्दो, १ सय पूर्णाङ्कमा ३१ अंक

२३ मंसिर, काठमाडौँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५/०७६ आयोगको इतिहासमा सबैभन्दा सफल वर्ष भएको बताएको छ । अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवशरमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले यस्तो बताएका हुन् । आयोगको २९ वर्षे इतिहासमा गतवर्ष सबैभन्दा बढी मुद्धा दर्ता भएको उनले बताए । आर्थिक वर्ष २०७५/०७६ मा ३५१ वटा मुद्धा दार्ता भएको र अदालतको फैसला समेत अध्ययन गर्दा ८८ प्रतिशतभन्दा बढीमा सफलता मिलेको उनले बताए । चालु आर्थिक वर्षमा मात्रै ११२ दिन कार्यालय खुलेकोमा १७० मुद्धा दर्ता भएको उनले बताए ।

देश संघिय संरचना गएपछि अख्तियारको संरचनामा पनि परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउदै उहाँले अहिले १५ सय भन्दा बढी विषयहरु अध्ययनको क्रममा रहेको बताए । अबको अनुसन्धान कार्यालय प्रमुखमाथि पनि केन्द्रीत हुने उनले बताए । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले भ्रष्टाचारमा नेपालको अवस्था चिन्ताजनक भएको बताए । कुल १ सय पूर्णाङ्कमा ३१ अंक प्राप्त गरेको नेपाल विश्वमा धेरै भ्रष्टाचार हुने मुलुकको सूचीमा रहेको उनले बताए । ‘५० भन्दा कम अंक ल्याउने मुलुकमा धेरै भ्रष्टाचार हुन्छ भन्ने देखाउँछ । नेपाल त्यो भन्दा पनि धेरै तल छ ।उनले विगत वर्षभन्दा पनि यो वर्ष अझ भ्रष्टाचार बढेको बताए ।

आयोगले स्थानीय तहहरुको उजुरीको प्रतिशत बढिरहेको जनाएको छ । भ्रष्टाचारविरुद्ध सबैलाई हातेमालो गर्न आयोगले सबैमा अनुरोध गरेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top