बक्सिङमा मिनुले रचिन् पहिलो स्वर्णको कीर्तिमान

बक्सिङमा मिनुले रचिन् पहिलो स्वर्णको कीर्तिमान

२३ मंसिर, काठमाडौं ।
१३औं दक्षिण एसियाली खेलकुद (साग)को बक्सिङमा नेपाली मिनु गुरुङले स्वर्ण जितेकी छन् ।

लगनखेलस्थित नेपाली सेनाको शारिरीक तालिम तथा खेलकुद केन्द्रमा सोमबार भएको फाइनल प्रतिस्पर्धामा मिनुले श्रीलकंन र भारतीय खेलाडीलाई हराएकी हुन् ।
यससँगै उनी सागमा स्वर्ण जित्ने पहिलो नेपाली महिला बक्सर बनेकी छन् ।

साथै सागमा बक्सिङबाट नेपालको २० वर्षपछि पहिलो स्वर्ण हो । सन् १९९९ मा काठमाडौंमै भएको सागमा प्रकाश थापा मगर र रामचन्द्र थापा मगरले स्वर्ण जितेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.