घटनालाई लिएर कर्मचारीको सरुवा तथा बढुवा नगरौंः हृदयेश त्रिपाठी

२३ मंसिर, काठमाडौँ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले घटना विशेषलाई लिएर सरुवा तथा बढुवा गर्ने गरी विधेयक ल्याउन नहुने बताएका छन् । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामाथि सोमबार राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल गर्दै मन्त्री त्रिपाठीले घटना वा विशेषलाई समावेस गरी विधेयक ल्याउन नहुने बताएका हुन् ।

उनले घटना विशेषलाई विधेयकमा राख्दा न्यायोचित व्यवस्था हुन नसक्ने बताएका हुन । मन्त्री त्रिपाठीले नयाँ विधेयकमा अहिले प्रचलनमा रहेको कर्मचारी समायोजन विधेयकलाई प्रतिस्थापन गर्ने व्यवस्था गरिनुपर्नेमा समेत जोड दिए । उनले यो विधेयक नहुँदा अहिले पनि १ सय १० पालिकाहरुमा प्रशासकिय प्रमुख नियुक्त गर्न कठिनाई भएको उल्लेख गर्दै विधेयक दिर्घकालिन सोच सहित आउनुपर्ने बताए ।

उनले विधेयकमा सामूहिक राजीनामा आउने अवस्थाको अन्त्य हुनुपर्ने गरी व्यवस्था गर्नुपर्ने समेत बताए । उनले सामुहिक राजिनामा विरोधका लागि मात्र आउने भएकाले त्यसलाई स्विकृत गरियो भने अवस्था गम्भिर हुने तर्फ समेत सोच्नुपर्ने बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top