आजका प्रमुख खबरहरुः
१.(अशान्त कोहलपुर)
स्कुले बालिकालाई ट्रकले ठक्कर दिएपछि कोहलपुरमा उत्पन्न भएको तनाव अझै साम्य भएन / प्रहरीले प्रर्दशनमाथि दमन गर्दै गोली चलाएको भन्दै सोमबार पनि प्रर्दशन ।
२.(प्रधानमन्त्रीमाथि आक्रोश)
कोहलपुरमा आइतबार स्कुले बालबालिकामाथि भएको प्रहरी ज्यादतीको विरोधमा काठमाडौंमा नेपाल विद्यार्थी संघको प्रदर्शन /स्कूले बालबालिकामाथि प्रहरीले अन्धाधुन्द गोली चलाउँदा समेत सरकार मुखदर्शक बनेको भन्दै प्रधानमन्त्रीको पुत्ला दहन ।
३.(कडा कारवाही होस्)
आर्थिक प्रलोभन देखाएर ललाई फकाई नेपाली बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा अमेरिकी नागरिक जेसन लोएड मूडी पक्राउ /मेमोरियल गेष्ट हाउसबाट पक्राउ परेका अमेरिकी नागरिक बाल यौन दुराचारी रहेको प्रहरीको भनाई ।
४.(माननीयको निर्वाचन)
राष्ट्रिय सभामा रिक्त हुने सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगद्वारा छलफल सुरु /१८ जना सदस्यको लागि पूरानै प्रक्रिया अनुशार सातै प्रदेशमा निर्वाचन गरिने ।
५.(द्रुत मार्गको गति)
काठमाडौं—तराई द्रुतमार्गको करिब २८ दशमलव ९ किलोमिटरको काम शतप्रतिशत भएको नेपाली सेनाको भनाई / अबको ४ वर्षभित्रमा द्रुतमार्ग निर्माणको काम सम्पन्न हुने ।
६.(नेकपाको समीक्षा)
सत्तारुढ दल नेकपाले एक वर्षपछि मंसिर २९ गते स्थायी कमिटी बैठक बोलायो / पार्टीको विधान संशोधन गर्ने सचिवालय बैठकको निर्णय /उपनिर्वाचनको समीक्षा भने अर्को सचिवालय बैठकमा गर्ने ।
७.(कर्मचारीका कुरा)
घटना विशेषलाई लिएर सरुवा तथा बढुवा गर्ने गरी विधेयक ल्याउन नहुने सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको भनाई /विधेयक नहुँदा अहिले पनि १ सय १० पालिकाहरुमा प्रशासकिय प्रमुख नियुक्त गर्न कठिनाई ।
८.(कुरो बाँझियो)
आर्थिक वर्ष आयोगको इतिहासमा सबैभन्दा सफल वर्ष भएको अख्तियारको दाबी / विगतभन्दा यो वर्ष अझ भ्रष्टाचार बढेको भन्दै नेपालको अवस्था चिन्ताजनक रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको दावी ।
९.(केका लागि उजुरी ?)
कृषि समितिमा ३४ वटा उजुरी दर्ता भएकोमा कुनैपनि उजुरीमाथि अहिलेसम्म छलफल नभएको सांसदहरुको भनाई /किसानले मल नपाएको अवस्थाको अनुगमन गरी सम्बन्धीत मन्त्रालयलाई निर्देशन दिन ढिलाई गर्न नहुनेमा जोड ।
१०.(कुरा मात्रै हो कि ?)
भ्रष्टाचार गर्ने जुनसुकै ओहोदाको व्यक्ति भएपनि छुट नदिने उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रतिवद्धता /सचेतना अपनाएर भ्रष्टाचारीलाई निरुत्साहन र सदाचारीलाई प्रोत्साहन गर्न सके समृद्धि हासिल हुने जिकिर ।
११.(प्रमाणका लागि)
प्रमाण (दोश्रो संशोधन) विधेयक २०७५ कानून, न्याय तथा मानवअधिकार समितिद्वारा सर्वसम्मतिले पारित / मृत्युकालिन घोषणाको शब्दाबलीलाई अन्तराष्ट्रिय न्यायलयहरुले स्वीकार गरेकाले मृत्युकालिन घोषणा प्रमाणको रुपमा मान्न सकिने ।
१२.(संहिताको संशोधन)
मुलूकी फौजदारी र देवानी संहितामा आवश्यक संशोधन गर्न सरकारलाई मानवअधिकार समितिको सुझाव /नयाँ प्रबन्ध गरिएको कानूनी व्यवस्थाको प्रयोगको सन्र्दभमा जनताले आवाज उठाएकाले संशोधन प्रक्रिया अघि बढाउन आग्रह ।
१३.(नैतिकताको पाठ)
साग महिला फुटबलमा भारतसँगको खेलमा पराजित भएपछि नेपालकी कप्तान निरु थापा र डिफेन्डर मनमाया लिम्बूद्वारा अन्तर्राष्ट्रिय खेलबाट संन्यास/ नैतिकताका आधारमा भन्दै टिम प्रशिक्षक हरि खड्काद्वारा पनि राजीनामा ।
१४.(गौरिकाको किर्तिमान)
१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा गौरिका सिंह बनिन् एउटै संस्करणमा चार स्वर्णपदक जित्ने पहिलो नेपाली महिला/ जुडोमा पुनम र भुपेन्द्रले स्वर्ण जितेसँगै नेपालको स्वर्ण संख्या ४९ पुग्यो ।
र,
१५.(कान्छी प्रधानमन्त्री)
फिनल्याण्डको प्रधानमन्त्रीका लागि विश्वकै कान्छी ३४ वर्षिय महिला नेता सन्ना मरिन चयन/ विश्वासलाई पुनर्जिवित गर्न धेरै काम गर्नु पर्ने र त्यसमा आफू दृढ भएर लाग्ने सन्नाको प्रतिबद्धता