×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्रीले सर्वाेच्चलाई दिए ओली पक्राउ गर्नुको कारण, के भने ?|| Nepal Times
Apr 03, 2026
Playing
इरानको जेलमा रहेका अमृत झालाई कस्तो छ ? ३८ शव अलपत्र|| Nepal Times
Apr 03, 2026
Playing
होर्मुजको इरानी टोल बुथमा भीषण आ*क्र*मण,बन्दरगाह ज*लेर नष्ट || Nepal Times
Apr 03, 2026
Playing
Watch Top50 News Of The Day Chaitra-20-2082 Nepal Times
Apr 03, 2026
Playing
सभामुख डीपीले के–के सुविधा पाउँछन् ?अहिलेसम्मका सभामुख को–को?|| Nepal Times
Apr 03, 2026
Playing
राष्ट्रिय सभाबाट असहयोग भए बालेन सरकारले कसरी बनाउँछ कानून ? || Nepal Times
Apr 03, 2026
Playing
श्रम स्वीकृतिका लागि टोकन प्रणाली खारेज, केही घण्टामा स्वीकृति || NepalTimes
Apr 03, 2026
Playing
टिकटकर तुलसाले चिमरियालाई कसरी कंगाल बनाइन् ?यस्तो छ आरोप || Nepal Times
Apr 03, 2026
Playing
मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा|| Nepal Times
Apr 03, 2026
Playing
सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा#SARWOCHHA #ADALAT|| Nepal Times
Apr 03, 2026

रिक्साको शहर विराटनगर अब सिटी रिक्सामा परिणत : ट्राफिक व्यवस्थापनमा चुनौती, गुम्दै रिक्सा चालकको रोजिरोटी

२४ फाल्गुन २०७४

किशोर विश्वकर्मा
विराटनगर, फागुन २४
केही वर्ष अघि सम्म रिक्सै रिक्साको शहर भनेर चिनिने विराटनगरको पहिचान यतिबेला फेरीएको छ । कुनै बेला रिक्सै रिक्साले भरिएको विराटनगर अहिले आधुनिक प्रकृतिको सिटि रिक्सा आएपछि विराटनगरको पहिचान फेरीएको हो ।

केहि वर्ष अघि सम्म विराटनगरमा मानिसले आफ्नै बलले चलाउने रिक्सा विराटनगरका प्रत्येक चोक तथा गल्लि गल्लिमा भेटिन्थ्यो । तर, यतिबेला भने उक्त रिक्सा विराटनगरबाट मात्र नभई अधिकांश शहरहरुबाट लोप हुने अवस्थामा पुगेको छ । त्यस्ता रिक्सा छँदा ट्राफिक जाम हुने समस्या विराटनगरमा निकै थियो ।

Advertisement

तर, अहिले सिटि रिक्सा आएपछी भने विराटनगरको ट्राफिक जामको समस्या अझ बढेर गएको छ । अहिले विराटनगरमा छ्याप्छ्याप्ती मात्रामा सिटि रिक्सा छन् । जसका कारण आवतजावत गर्ने यात्रुलाई केही सहज भएपनि ट्राफिक जामको समस्या भने चुलिएको छ । सोही कारण कहिलेकाहीँ गन्तब्यमा पुग्ने यात्रुलाई समयमा पुग्न समेत ढिलाई हुने गरेको छ ।

बजारमा अहिले फाट्टफुट्ट देखिने रिक्सा र तिनका चालकहरुको भने अहिले अवस्था दयनिय बन्दै गएको छ । थोरै पुँजी लगानि गरेर वा कसैको रिक्सा भाडामा लिएर चलाउने चालकहरुको अवस्था सिटि रिक्साका कारण दयनिय बन्दै गएको हो ।

दिनभरी रिक्सा चलाएर घरपरिवारको दैनिक गुजारा गरौँला र रिक्सा मालिकलाई भाडा समेत तिरौँला भनेर भाडामा लिएका रिक्सा चालकहरु कहिले काँही त रित्तो हात घर फर्कनु परेकोसमेत मोरङ भातिगजका रिक्सा चालक सञ्जीम मण्डल बताउँछन् ।

उनले भने ‘दिनभरी रिक्सा चलाएर कमाई हुन्छ भनेर रिक्सा भाडामा लिएर बजारमा आउछु । तर, सिटि रिक्साका कारण यात्रुहरु हम्मेसी हाम्रो रिक्सामा चढ्दैनन् । यात्रु आउने आशमा कहिले काँहीत कुरै दिन बित्छ । अनि हामि रित्तै घर पर्खनु पर्छ ।’

उनले यात्रुहरु रिक्सामा न चढिदिँदा त कहिले काँहि घरपरिवारको दैनिक गुजारामा समेत कठिनाइ पर्ने गरेको नपाल टाईम्सलाई सुनाए । उनले आफु गरिब तथा दलित समुदायको भएकाले जग्गा जमिन पनि नभएकाले रिक्सा चलाएरनै घर परिवार चलाउँदै आएको बताए ।

उनले सिटि रिक्सामा बल पनि नपर्ने र छिटो समेत पुग्ने गरेकाले यात्रुहरु आफुहरुको बलले चलाउने रिक्सामा नचढी सिटि रिक्सामा चढ्ने गरेका कारण रोजिरोटीनै गुमेको उनले गुनासो पोखे ।

विराटनगर कोशि प्र्रोजेक्टका रिक्सा चालक सुकदेव शाह पनि यस्तै समस्या समस्या सुनाउछन । उनले विराटनगरमा सिटि रिक्सा अत्याधीक भएपछी आफुहरुको रोजिरोटी गुमेको बताए । चालक शाहले आफु सँग धन सम्पत्ति पनि प्रयाप्त मात्रामा नभएकाले साहु महाजनकहाँबाट ऋण लिएर रिक्सा खरिद गरेपनी बेकार भएको बताए ।

उनले सिटि रिक्साको आगमनले आफुहरुको आर्थिकोपार्जनमा संकट परेको बताए । त्यसो त विराटनगर विराटनगर बजारमा मात्रै दैनिक ३ हजार ५ सय भन्दा बढी सिटि सफारी चल्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरिक्षक मदन गिरीले बताएका छन् ।

उनले गरिखाने बहानामा तोकिएको रुट समेत वेवास्ता गरेर सिटि सफारी जबरजस्ती सञ्चालन भएका कारण ट्राफिक व्यवस्थापनमा चुनौति थपिएको बताए । प्रहरी निरिक्षक गिरीले विराटनगर महानगरपालिकाम भइरहेका विकास निर्माण जथाभावी पार्किङले पनि समस्या सृजना गरिरहेको बताए ।

उनले सिटी रिक्सा रुटमा सञ्चालन गर्नका लागि विभिन्न किसिमका जनचेतनालगायतका कार्यक्रम गरिदै आएपनी सिटी रिक्सा चालकको अज्ञानता र ट्राफिक नियम सम्बन्धी जानकारीको अभाब र राजनितिक संरक्षणले त्यस्ता सिटी रिक्साहरुले नियम तथा रुटको व्यवास्ता गर्ने गरेको बताए ।

उनले अब सिटि रिक्साका कारण ट्राफिक व्यवस्थापनमा भइरहेको चुनौती कम गर्न विना इजाजत र कागजात विहिन सफारीलाई चल्न रोक्का गर्ने, अन्य स्थानिय तहमा दर्ता भएका सिटी रिक्सा विराटनगरमा चल्न नदिने अभियान कडाइका साथ लागु गर्ने बताए ।

यता अधिकांश सिटी रिक्सा चालकहरुले विना अनुमति विराटनगरमा चलाई रहेको पाइएको छ । उनीहरुले विना कागजात र रुट अनुमति समेतको वेवास्ता गर्दै सञ्चालन गरिएको भेटिएको हो ।

विराटनगर ट्राफिक चोकमा भेटिएका झोराहाटका दिलिप तामाङले आफुले सिटी सफारी मालिकलाई दैनिक ७ सय रुपैयाँ भाडा बुझाएर चलाउने गरेकाले कागजपत्र साहु सँगै रहेको बताए ।

Advertisement

त्यस्तै मोरंग भातिगछकै दिलिप रायले त झनै रुट अनुमति आफुलाई जानकारी नभएको बताए । उनले किस्तामा ऋण लिएर सिटी रिक्सा लिएकाले किस्ता वापतको ऋण तिर्नकै लागि सवैतिर कुदाउन पाउनुपर्ने माग गरे ।

भर्खरको समाचार

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

सम्बन्धित खबरहरु

Scroll to Top