पुस २ देखि विराटनगरमा मारवाडी क्रिकेट लिग हुने

२३ मंसिर ७६, मंगलबार

२४ मंसिर, विराटनगर ।
नेपाल अग्रवाल युवा मञ्चको आयोजनामा विराटनगरमा आनन्द इट्टा मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । मारवाडी समुदायमा लोकप्रिय रहेको मारवाडी प्रिमियर लिगको सातौँ संस्करण आमागी पुस २ गतेदेखि ५ गतेसम्म चल्ने छ ।

Advertisement

नेपाल अग्रवाल युवा मञ्चले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । विराटनगर–२ स्थित शंकरपुर मार्गमा हुने प्रतियोगितामा नेपाल अग्रवाल युवा मन्चको म्याजिक स्ट्राईकर्स, महेश्वरी युवा मञ्चको प्रिमियर एक्सआई विराटनगर, ओस्वाला युवा मन्चको हुलास एक्सआई, नेपाल ब्राह्मण युवा मञ्चको पर्शुराम वरियर्स, मेड स्वर्णाकार युवा मञ्चको डायनामिक च्यालेन्जर्स गरी ५ टिमको सहभागिता रहने नेपाल अग्रवाल युवा मञ्चका अध्यक्ष राजेश अग्रवालले जानकारी दिए ।

प्रतियोगितामा सहभागी टिमहरुबीच १० वटा लिग म्याच हुने र अंकको आधारमा फाइनलमा प्रतिस्पर्धा हुने उनले बताए । विजयी टिमलाई ट्रफीसहित ३१ हजार नगद पुरस्कार प्रदान गरिने छ भने दोस्रोलाई ट्रफीसहित १५ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । साथै म्यान अफ द म्याच, म्यान अफ द सिरिज, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान, बेस्ट इमर्जिङ प्लेयर र बेष्ट डिसिप्लीन टिमलाई पनि पुरस्कृत गरिने अग्रवालले जानकारी दिए ।

Advertisement

प्रतियोगितामा अनुमानित ५ लाख लागत लाग्ने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा आनन्द इट्टा रहेको छ । प्रतियोगिततको प्रवद्र्धनका लागि पौष १ गते अतिथी सदनबाट मोटरसाईकल र्याली गरिने कार्यक्रमका मुख्य संयोजक अभिषेक केडियाले जानकारी दिए । मारवाडी युवा बीच खेलप्रति अभिरुची जगाईराख्न यस्ता प्रतियोगितालाई निरन्तरता दिईने पनि उनले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top