आजका प्रमुख खबरहरुः
१.(प्रहरीले होस् गुमायो)
दशरथ रंगशालामा नेपाल र भुटनबीच हुने साग फुटबलको फाइनल खेल हेर्न जम्मा भएका दर्शकहरुमाथि प्रहरीद्वारा लाठीचार्ज /लाठीचार्ज गरेको भिडियो लिएको भन्दै नागरिक दैनिकका खेलपत्रकार सुमन चापागाईंलाई समेत कुटिए ।
२.(आक्रमण निन्दनीय)
प्रहरीले ज्यादती गरेको भन्दै त्रिपुरेश्वरमा खेलकुद पत्रकारहरुद्वारा प्रदर्शन /पत्रकारमाथि भएको आक्रमणको विरोधमा नेपाल खेलकुद पत्रकार मञ्च सम्बद्ध र विदेशी पत्रकारहरुद्वारा विरोध ।
३.(कोहलपुर सामान्यउन्मुख)
जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुर वरिपरिको निषेधाज्ञा हटायो / १२ वर्षीया प्रकृति चन्दलाई आइतबार ट्रकले ठक्कर दिएपछि तनावग्रस्त बनेको कोहलपुरको जनजीवन सामान्य बन्दै ।
४.(परीक्षाको पीर)
आउँदो पुस १० गतेदेखि सन्चालन हुने एबीबीएस र बीडीएस दोस्रो वर्षको परीक्षा मिति सार्न माग गर्दै विद्यार्थीहरुद्धारा महाराजगन्जस्थित चिकित्साशास्त्र अध्ययन संस्थानमा धर्ना /आन्दोलनका कारण पठनपाठनमा असर परेको गुनासो ।
५.(निलम्बनको सिफारिस)
दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई निलम्बन गर्न अख्तियारद्धारा गृह मन्त्रालयलाई पत्राचार /सेवाग्राहीसँग घूस लेनदेनको घटनाको विस्तृत अनुसन्धान हुने ।
६.(अधिवेशन आह्वान)
राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा संघीय संसदको हिउँदे अधिवेशन आह्वान/ हिउँदे अधिवेशन पुस ४ गतेदेखि सुरु हुने ।
७.(ब्यवस्थापन गर्)
मंसिर २८ गतेपछि सडकमा माग्ने भेटिए काठमाडौं महानगरपालिकाले कारबाही गर्ने /भिक्षा माग्न र माग्न प्रोत्साहन गर्न नहुने र गरेमा बढीमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने ।
८.(सुचकाङ्कको श्रेणी)
मानव विकास सुचकाङ्कमा नेपाल १ सय ४७ औं स्थानमा /सरकारले १० वर्षे कार्ययोजना बनाएर काम गरिरहेकाले मानव विकासको सूचकमा समेत सुधार हुने अर्थमन्त्री युवराज खतिवडाको भनाई ।
९.(अधिकारको आवाज)
नेपाल मानव अधिकार संगठनद्वारा काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन / द्वन्द्वपीडितका समस्यालाई मनन गर्दै अधिकारकर्मीहरु उठ्नुपर्ने र जाग्नुपर्ने संगठनको भनाई ।
१०.(मानवअधिकारको प्रत्याभूति)
मुलुकमा अपराध र दण्डहिनता बढेको राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको भनाई / मिडिया काउन्सिल विधेयक र मानवअधिकार आयागको संशोधित विधेयक ल्याउँदा सरकारले छलफल नै नगरेकोमा असन्तुष्टि ।
११.(ऋणको भार)
एसियाली विकास बैंक (एडिबि) र नेपाल सरकारबीच विभिन्न चार नयाँ परियोजना निर्माणका लागि ४० अर्ब ५८ करोड रुपैयाँ बराबरको ऋण सम्झौता /सडकको स्तरोन्नती गरिएपछि सुरक्षित यात्रा र पर्यटन विकासमा सहयोग पुग्ने विश्वास ।
१२.(गुठीको गाँठो)
सरकारले गुठी सम्बन्धी समस्या समाधान गर्न सार्वजनिक सूचना जारी गरी गुठीयारहरुको सुझाव लिने /गुठीको व्यवस्थापनका नाउँमा अस्तित्व मेटिनेगरी विधेयक ल्याएमा विद्रोह हुने गुठीयारहरुको चेतावनी ।
१३.(मैदानमा सांसद)
संघीय संसद सेवा दिवसका अवसरमा संसद सचिवालयका कर्मचारी र सांसदहरुको मैत्रीपूर्ण फुटबल सम्पन्न / कर्मचारीहरुको टिमद्वारा सांसदहरुको टिम ४—० गोलअन्तरले पराजित ।
१४.(भब्य र ऐतिहासिक साग)
साग पुरुष फुटबलको स्वर्ण नेपाललाई /भुटान २—१ गोल अन्तरले पराजित /ऐतिहासिक ५१ स्वर्णसहित सागमा नेपाल दोस्रो स्थानमा /१३ औं सागको काठमाडौमा भव्य समापन ।
र,
१५.(अदालतमा सूकी)
म्यानमारकी पूर्वप्रजातन्त्रवादी नेत्री आन सान सूकी अन्तर्राष्ट्रिय अदालतमा उपस्थित /रोहिंग्या अल्पसंख्यक मुस्लिम समुदायमाथि म्यानमारको सरकारले गरेको नरसंहारका कारण सराष्ट्रसंघीय उच्च अदालतमा सूकीविरुद्ध मुद्दा दायर ।