दोलखामा जेसिबी दुर्घटना, एकको मृत्यु, ३ जना घाइते

दोलखामा जेसिबी दुर्घटना, एकको मृत्यु, ३ जना घाइते

२६ मंसिर, दोलखा । भिमेश्वर नगरपालिका वडा नम्बर २ तिखातलमा बुधवार राती जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

दुर्घटनामा बिगु गाउँपालिका ४ खोपचाँकुका राजु थामीको उपचारको क्रममा मृत्यु भएको छ । भिमेश्वर नगरपालिका २ का सुमन थामी, बिगु गाउँपालिका वडा नम्बर ७ का बिजय श्रेष्ठ र कालिन्चोक गाउँपालिका वडा नम्बर ४ चिउरीखर्कका राजकुमार थामी घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव निरिक्षक यज्ञानन्द साहले जानकारी दिए ।

घाइतेहरु सुमन थामी र राजकुमार थामिको टिचिङ हस्पिटल काठमाडौमा र अर्का घाइते बिजय श्रेष्ठको ग्रान्डी हस्पिटलमा उपचार भइरहेको बताइएको छ ।

मृत्युु भएका राजु थामीको शव प्राथमिक स्वास्थ केन्द्र चरिकोटमा राखिएको प्रहरीले जनाएको छ । नगरपालिकाको गौतम टोलबाट भिमेश्वर मन्दिर तिर जाँदै गरेको जेसिबी अनियंत्रित भइ दुर्घटना भएको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.