लोकसेवाले मागेको सैयौं अधिकृतको विज्ञापनविरुद्ध उत्रिए कर्मचारी

२६ मंसिर, काठमाडौँ । लोकसेवा आयोगले बुधबार खोलेको शाखा अधिकृत तहका कर्मचारीको विज्ञापनको समायोजनमा परेर प्रदेश र स्थानीय तहमा गएका शाखा अधिकृतहरूले विरोध जनाएका छन् ।

कर्मचारी समायोजन ऐन, २०७५ अनुसार समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका ब्याच नम्बर ३०, ३१, ३२ र ३३ का शाखा अधिकृतहरूले नयाँ विज्ञापनको विरोध गरेका हुन् । उनीहरूले संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

\विरोधपत्र बुझाउन अधिकृतहरू संसद सचिवालय सिंहदरबारस्थित समिति कार्यालयमा पुगेका थिए । उनीहरूले समिति सभापति शशी श्रेष्ठ र सदस्यहरूलाई ध्यानाकर्षण पत्र बुझाउँदै आफ्ना चार बुँदे माग राखेका छन् ।

Advertisement

नयाँ विज्ञापनको विरोधमा उत्रिएका शाखा अधिकृतहरूले पहिले संघमा दरबन्दी छैन भनेर प्रदेश र स्थानीय तहमा पठाएको बताएका छन् । ’संघीय मामिला मन्त्रालयले पहिला संघमा दरबन्दी छैन भनेर हामीलाई तल पठायो तर ६ महिना नबित्दै सयौं दरबन्दी खोलियो’, ध्यानाकर्षण पत्र बुझाउन आएकी अधिकृत रजनी केसीले बताइन् ।

समितिका सांसदहरूले भने यसको समाधान संघीय मामिला मन्त्रालयबाट खोज्न सुझाव दिएका छन् । कांग्रेस सांसदहरु सञ्जय गाौंतम, दिलेन्द्रप्रसाद बडू, नेकपाका सांसदहरू पम्फा भुसाल र रेखा शर्माले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीसँग छलफल गर्न सुझाव दिएका थिए ।

Advertisement

अधिकृतहरूको ध्यानाकर्षण पत्रमा समायोजनमा गएका कर्मचारीलाई निजामती भनिनुपर्ने, उनीहरू संघमा फिर्ता हुन पाउनुपर्ने, समायोजनमा गएका कर्मचारीलाई संघीय सेवा अन्तर्गत राख्नुपर्ने र संघका रिक्त दरबन्दीमा समायोजनमा गएकालाई फिर्ता ल्याउनुपर्ने राखिएका छन् ।

लोकसेवा आयोगले विज्ञापन आह्वान गरे शाखाअधिकृत खुलामा ७६८ र आन्तरिकमा ३१९ जनाको माग गरेको थियो ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top